default_image

6 years ago

July 5, 2018

एसियन गेम्स – फुटबलमा नेपाल र जापान एकै समूहमा

52 views

0 Bookmark

काठमाडौँ (एजेन्सी) – इन्डोनेसियामा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरुष फुटबलको समूह चरणको ड्र सार्वजनिक भएको छ। नेपाल समूह डी मा जापान, पाकिस्तान र भियतनामसँग प्रतिस्पर्धा गर्नेछ।

sag n asian games 6

एसियाड अन्तर्गत अगस्ट १४ बाट सुरु हुने पुरुष फुटबलमा २४ टोली ६ समूहमा विभाजित भएका छन्। हरेक समूहका शिर्ष दुई टोली र चार शिर्स स्थानका तेस्रो स्थानको टोलीले राउण्ड अफ १६ मा स्थान पाउनेछ।

यू-२३ उमेर समूहको यस प्रतियोगितामा तीन सिनियर खेलाडीलाई स्थान दिईनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसर १० गते प्रतियोगितामा सहभागी गराउन २० सदस्यीय यू २३ टोलीको घोषणा गरेको थियो। गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र स्ट्राइकर भरत खवास २३ वर्षमाथिका तीन खेलाडी हुन्।

एसियाली खेलकुदका लागि छनोट खेलाडी

१. किरण कुमार लिम्बु
२.एलेन न्यौपाने
३.सोजित गुरुङ
४. अनन्त तामाङ
५.आदित्य चौधरी
६.कमल श्रेष्ठ
७. सुमन अयौल
८. दिनेश राजवंशी
९.रोहित चन्द
१०.हेमन गुरुङ
११. हेमन्त थापामगर
१२. गौरव बुढाथोकी
१३. छिरिङ गुरुङ
१४. अन्जन विष्ट
१५. सुनिल वल
१६. भरत खवास
१७. सुमन लामा
१८. अभिषेक रिजाल
१९. तेज तामाङ
२०.विमल घर्तीमगर
मुख्य प्रशिक्षक : ग्योतोकु कोजी
प्रशिक्षक : बाल गोपाल महर्जन

October 13, 2024

पाकिस्तानी फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

Success

Thank you for your time.