default_image

6 years ago

July 5, 2018

रोनाल्डोका बारेमा युभेन्टसका निर्देशक – “अहिले केही बोल्दिन”

82 views

0 Bookmark

टुरिन (एजेन्सी) – केही दिन यता रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस जाने हल्ला निकै चर्किएको छ । त्यस बीच युभेन्टसका निर्देशक बेप्पे मरोटाले त्यस विषयमा केही नबोल्ने बताएका छन् ।

ronaldo madrid black

रोनाल्डो युभेन्टस आउने हल्ला सांचो हो वा होइन भनेर मारोटालाई हिड्दै गर्दा सोध्दा उनले जवाफ दिए, “रोनाल्डो? अहिले म केही बोल्दिन ।” युभेन्टसले रियल म्याड्रिडलाई १ सय मिलियन युरोको प्रस्ताव राखेको खबर छ ।

३३-वर्षे फरवार्ड रोनाल्डो रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता हुन् । रियल म्याड्रिडमा उनले ४ पटक च्याम्पियन्स लिग पनि जितेका छन् । १ सय मिलियनमा रियल म्याड्रिड नमाने १ सय २० मिलियन युरो खर्चिन युभेन्टस तयार रहेको जनाइएको छ ।

रियल म्याड्रिडले सो प्रस्ताव अहिले सोच्दै गरेको विभिन्न श्रोतहरुले जनाएका छन् । रोनाल्डो युभेन्टसमा सरुवा भए ३० मिलियन युरो वार्षिक  कमाउने छन् । युभेन्टसले अघिल्लो साता रोनाल्डोको एजेन्टलाई पनि भेटेका थिए ।

च्याम्पियन्स लिगको उपाधि जितेपछि रोनाल्डो आफू रियल म्याड्रिडमा रहनेमा अनिश्चितता प्रकट गरेका थिए ।  रोनाल्डो भर्खरै विश्वकपबाट पोर्चुगलसंग बाहिरिएका हुन् । ४ खेलमा रोनाल्डो ४ गोल गर्न सफल भएका हुन् ।

October 13, 2024

पाकिस्तानी फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

Success

Thank you for your time.