default_image

7 years ago

July 5, 2018

ब्राजिलका विलियनप्रति बार्सिलोनाको चासो, मेस्सीको पनि स्वीकृति

68 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – ब्राजिल तथा चेल्सीका फरवार्ड विलियनले यस विश्वकप २०१८ मा राम्रो प्रदर्शन गर्दै आएका छन् । उनको प्रदर्शनबाट प्रभावित बार्सिलोना विश्वकपको अन्त्यपछि उनलाई भित्राउने तयारीमा रहेको छ ।

बार्सिलोनाले विलियनका लागि ५० मिलियन युरोको प्रस्ताव राखेको इंग्लिस पत्रिका ‘द सन’ले बताएको छ । स्पेनिस पत्रिक ‘डन बलोन’का अनुसार बार्सिलोनाका स्टार लियोनल मेस्सीले पनि आफ्नो स्वीकृति दिएका छन् ।

चेल्सी भने ८० मिलियन युरोमा मात्र विलियनलाई बेच्न तयार बताइएको छ । बार्सिलोनाले गत सिजन उस्माने डेम्बेले र फिलिप कौटिन्होलाई भित्राएको थियो । कौटिन्होले उच्च प्रदर्शन गरे पनि डेम्बेले भने केही चोटका कारण लयमा देखिएनन् ।

चेल्सीका लागि १३ गोल र १२ असिस्ट गरेका विलियन टोलीको पहिलो रोजाईमा पर्न नसकेकाले उनले क्लब छाड्ने बुझाई छ । विलियन भोलि विश्वकपको क्वाटरफाइनलमा ब्राजिलका तर्फबाट बेल्जियमसंग भिड्दै छन् ।

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

Success

Thank you for your time.