7 years ago
July 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ मा आश्चर्यजनक नतिजाहरुको कमि रहेको छैन न त युवा प्रतिभाहरुको । यस विश्वकपमा उच्च प्रदर्शन गर्ने २३ वर्षमुनिका ३ युवा खेलाडीहरु यी रहेका छन्:
३. हिर्भिङ लोजानो
मेक्सिकोका २२ वर्षे फरवार्डले जर्मनीविरुद्ध गोल गर्दै आफ्नो नाम विश्व फुटबलमा चिनाए । आफ्नो गति र डिफेन्डर छलाउने कलाका लागि चिनिएका लोजानो युरोपमा पिएसभीका लागि खेल्ने गर्छन् । यस प्रतियोगितामा उच्च प्रदर्शनसंगै बार्सिलोना र म्यानचेस्टर युनाइटेड उनीमा इच्छुक रहेको खबर आएको छ । केही दिन यता इंग्लिन क्लब आर्सनल पनि लोजानोप्रति निकै इच्छुक देखिएको छ ।
२. अलेक्जान्डर गोलोभिन
आयोजक रुस क्वाटरफाइनलसम्म पुग्दै सबैलाई आश्चर्यचकित बनाउन सफल भएको छ । रुसको प्रदर्शनमा सबैभन्दा ठूलो हात उसका युवा प्ले-मेकर एलेक्जान्डर गोलोभिनको रहेको छ । २२ वर्षे गोलोभिन सिएसकेए मस्कोबाट क्लब फुटबल खेल्छन् र यस विश्वकपमा १ गोल र २ असिस्ट गरिसकेका छन् । गोलोभिनलाई भित्राउन इंग्लिस टोली चेल्सी निकै नजिक रहेको बुझिएको छ ।
१. किलियन एम्बाप्पे
१९ वर्षे किलियन एम्बाप्पेको अर्जेन्टिना विरुद्धको उत्कृष्ट प्रदर्शन प्रशंसायोग्य रहेको थियो । मोनाको र पिएसजीबाट क्लब फुटबल खेलेका १९ वर्षे एम्बाप्पेले आफ्नो लयलाई विश्वकपमा पनि निरन्तरता दिएका छन् । ३ गोल गरिसकेका एम्बाप्पेलाई रियल म्याड्रिडले भित्राउन पनि खोजिरहेको छ । तर अहिलेसम्मको सम्झौता अनुरुप उनी अर्को सिजन पिएसजीमै रहनेछन् । नेयमारपछि एम्बाप्पे विश्व फुटबलका सबैभन्दा महंगा खेलाडी रहेका छन् ।
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]