default_image

7 years ago

July 4, 2018

किरण फेरि माल्दिभ्सको क्लबमा, लगातार दोस्रो जित

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले माल्दिभ्सको टिसी स्पोर्टस्मा दोस्रो सिजन पनि सफल सुरुवात गरेका छन् । धिवेही प्रिमियर लिगमा लगातार दोस्रो खेल जित्ने क्रममा किरणको टोलीले बुधबार फेहिन्डो स्पोर्टस् क्लब (एफएससी) लाई ३–० ले पराजित गरेको छ।

किरण पहिलो रोजाइमा रहेको खेलमा टिसी स्पोर्टसका लागि अलि अस्फाकले २ र इब्राहिम माहुधी १ गोल गरेका थिए । गत शुक्रबार भएको खेलमा पहिलो खेलमा किरणको टोलीले निलान्डोलाई ६–१ ले हराएको थियो ।

किरणले यो सिजनका लागि टिसीमा लगातार दोस्रो बर्ष आबद्ध भएको बताएका छन् । ‘खाली बसिराखेको थिए । आइलिग पनि अहिले सुरु भएको छैन । यस्तोमा पुरानै क्लबबाट प्रस्ताव आयो,’ उनले हाम्रो खेलकुदसँग टेलिफोनमा भने, प्रस्ताव ठिकै लाग्यो, अनि आए । सुरुवात राम्रो भएको छ ।’

किरण भदौको पहिलो साता इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि नेपाली युवा टोलीमा समेटिएका छन् । उनीसहित राष्ट्रिय टोलीका कप्तान विराज महर्जन र रोहित चन्द युवा टोलीमा परेका छन् । २३ वर्ष माथिका ३ खेलाडी एसियाड टोलीमा सामेल गर्न पाउने भएकाले उनीहरु युवा टोलीमा समेटिएका हुन् । एसियाड यू २३ ले प्रतिस्पर्धा गर्ने प्रतियोगिता हो ।

एसियाडका लागि माल्दिभ्सको लिग विश्राम दिएपछि किरण स्वदेश फर्कनेछन् । उनले भने, ‘अब तीन खेल पछि म फर्कनेछु , यो वर्षको सम्झौता रकम पनि खुलाउन नचाहेका उनले भने, पहिला भन्दा अझै राम्रो भएकोले आएको हु । ‘

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

Success

Thank you for your time.