7 years ago
July 4, 2018
विनोदबाबु रिजाल
चितवन – अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले चितवनमा प्रदेशस्तरीय टेक्निकल सेन्टर बनाउने उद्घोष गरेका छन् । चितवनको भरतपुरमा बुधबार बिहान आयोजित कार्यक्रममा उनले छिट्टै त्यसका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
‘चितवन देशभरका जुनसुकै जिल्लाको लागि पनि पायक पर्छ’, उनले भने, ‘यहाँ प्रदेश नम्बर ३ को टेक्निकल सेन्टर बनाउन सकिन्छ, त्यही हिसाबले काम गर्नुहोला ।’ चितवन खेलकुदका लागि निकै उर्वर भएको भन्दै उनले ‘ग्रासरुट’ देखि नै फुटबल विकासका लागि काम गर्न यहाँको जिल्ला समितिलाई निर्देशन दिए । ‘यहाँको ठूलो सम्भावना मैले देखेको छु’, उनले भने, ‘तर, गतिविधि कम देखिरहेको छु, अब काम गर्नुप¥यो ।’
फुटबलमा १२ वर्षसम्मको उमेर समूहलाई ग्रासरुट मानिन्छ । फुटबलप्रति मोह विकास गर्ने उमेर समूह नै यसलाई मानिन्छ । एन्फाले विभिन्न उमेर समूहमा खेलाडी लिएर टेक्निकल सेन्टरमार्फत प्रशिक्षण दिने गरेको छ । हाल एन्फासँग देशका तीन ठाउँमा टेक्निकल सेन्टर छन् । काठमाडौंको च्यासल, बुटवल र धरानमा रहेका सेन्टरमा प्रत्येकमा ३० जना खेलाडीलाई आवाससहित प्रशिक्षण दिने क्षमता छ । च्यासल र धरान अहिले सञ्चालनमा छैन ।
आगामी दिनमा ७ प्रदेशमा १४ टेक्निकल सेन्टर बनाउने योजना आफूसँग रहेको उनले बताए । ‘देशका सबै ठाउँबाट खेलाडी उत्पादन गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि हामीसँग १४ वटा टेक्निकल सेन्टर हुनुपर्छ ।’ चितवनमा १० विघा क्षेत्रफलको जग्गा पाइयो भने तुरुन्तै यो काम अघि बढाउन सकिने उनले बताए । ‘प्रशिक्षण गर्ने मैदान र आवासका लागि जग्गा चाहिन्छ’, उनले भने, ‘जग्गा उपलब्ध भयो भने काम गर्न सकिन्छ ।’
उनले चितवनमा विभिन्न उमेर समूहको राष्ट्रिय प्रतियोगिताका लागि पनि प्रस्तावना ल्याउन आग्रह गरे । छिट्टै नै रौतहटमा महिला टेक्निकल सेन्टर सञ्चालनमा ल्याउने उनले जानकारी दिए । यो सेन्टर अहिले चलिरहेको भन्दा दोब्बर क्षमताको हुनेछ । यहाँ ६० जनालाई आवासीय प्रशिक्षण दिने क्षमता छ ।
आगामी भदौ २७ गते देशभरका ४५ जिल्लामा एकैपटक ग्रासरुट फुटबल उद्घाटन गर्ने उनले बताए । त्यस्तै आगामी असोजमा राष्ट्रिय लिग फुटबल गरेपछि फुटबलले गति लिने उनले बताए । गत ४ वर्षदेखि हुन नसकेको राष्ट्रिय लिग फुटबल यसपालि गर्ने तयारीमा कर्मा नेतृत्वको एन्फा लागिपरेको छ ।
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]