default_image

7 years ago

July 4, 2018

ब्राजिलियन रोनाल्डो र लाम्पार्ड ‘द बेष्ट’ को निर्णायक मण्डलमा

76 views

0 Bookmark

लन्डन (एजेन्सी) – फिफाले वर्षका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने अवार्ड सम्मेलन ‘फिफा द बेष्ट’ को निर्णायक मण्डलमा ब्राजिलियन रोनाल्डो र इंग्ल्यान्डका पूर्ण मिडफिल्डर फ्र्यान्क लाम्पार्डलाई चुनेको छ । रोनाल्डो र लाम्पार्डसहित पूर्ण इंग्ल्यान्ड प्रशिक्षक फाबियो कापेलो पनि निर्णायक मण्डलको हिस्सा रहनेछन् ।

ronaldo messi

लाम्पार्ड, रोनाल्डो र कापेलोले पुरुषतर्फका उत्कृष्ट १० खेलाडीको सुची तयार पार्ने छन् । उनीहरुले पुरुषतर्फका १० उत्कृष्ट प्रशिक्षकहरुको सुची पनि तयार पार्ने छन् । महिलातर्फ भने मिया हाम, सुन वेन र मिया ज्याकमानलाई सो जिम्मा दिइएको छ ।

१०-१० उम्मेद्वारको सुची २३ जुलाईमा तयार हुनेछ र सोही दिन सर्वसाधारणहरुका लागि भोटिङ पनि खुल्ने छ । समर्थकहरुको मत सहित, राष्ट्रिय टोलीका कप्तानहरु, प्रशिक्षकहरु तथा २ सय भन्दा बढी मिडियाकर्मीले आफ्नो मत खसाल्ने छन् ।

अघिल्लो वर्ष क्रिस्टियानो रोनाल्डोले ‘द बेष्ट’ खेलाडीको उपाधि जित्दा रियलकैजिनेदिन जिदानले उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका थिए । उत्कृष्ट गोलले पाउने पुस्कास अवार्ड सहित उत्कृष्ट गोलकिपर र फिफा फ्यान अवार्डको सुची भने फिफाले सेप्टेम्बरमै सार्वजनिक गर्ने छ ।

फिफा विश्वकप २०१८ जारी रहंदा उत्कृष्ट खेलाडीको उपाधिमा विश्वकपको प्रदर्शनले पनि अवश्य महत्त्वपूर्ण प्रभाव पार्ने छ ।

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

Success

Thank you for your time.