7 years ago
July 4, 2018
ललितपुर (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ललित स्मृति यु १८ फुटबल च्याम्पियनसिप उपाधिका लागि भिड्ने भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको आर्मीले हाइ लाइफ मोरङ एफसीलाई २–१ ले र फ्रेन्ड्स क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए ।
इन्जुरी समयमा आर्मीका सेसेहाङ आङदम्बेले गरेको गोल खेलको निर्णायक बनेको थियो । त्यसअघि अजय मण्डलको आत्मघाती गोलबाट आर्मीले खेलमा अग्रता लिएको थियो । तर, मनीष थापाले ५५ औं मिनेटमा गोल गर्दै मोरङलाई खेलमा फर्काएका थिए । तर अन्तिममा सम्हालिन नसक्दा मोरङ फाइनल पुग्न सकेन ।
अर्को खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टीमा बिबिसी भाग्यशाली रह्यो । दुई पटकको विजेता आर्मी र ब्रिगेड ब्वाइजबीच शुक्रबार प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघले जनाएको छ ।
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]