7 years ago
July 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ का समूह चरण तथा प्रि-क्वाटरफाइनलका खेलहरु सकिएका छन् । उरुग्वे, फ्रान्स, रुस, क्रोएसिया, ब्राजिल, बेल्जियम, स्विडेन र इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सुरक्षित भएका छन् ।
फुटबल तथ्यांकमा आधारित वेबसाइट हुस्कोर्डका अनुसार यस विश्वकपमा अहिलेसम्मका शीर्ष ३ खेलाडी यी रहेका छन् :
३. नेयमार (ब्राजिल) – ८.५
ब्राजिलका फरवार्ड नेयमारले आफूले खेलेका ४ खेलमा २ गोल तथा १ असिस्ट गरेका छन् । उनले एक खेलमा औसतमा ६ प्रहार पोस्टमा गरेका छन् जुन प्रतियोगितामा सबैभन्दा बढी पनि हो । त्यस्तै उनले १६ वटा गोल गर्ने अवसरहरु पनि सिर्जना गरेका छन् ।
२. एडेन हाजार्ड (बेल्जियम) – ८.७
बेल्जियम तथा चेल्सीका फरवार्ड तथ्यांकका आधारमा दोस्रो उत्कृष्ट खेलाडी रहेका छन् । उनले आफूले खेलेका ३ खेलमा २ गोल र २ असिस्ट गरेका छन् । उनले औसतमा ४ प्रहार गरेका छन् ११ गोल गर्ने अवसरहरु सिर्जना गरेका पनि छन् ।
१. ह्यारी केन (इंग्ल्यान्ड) ८.७
हुस्कोर्डका अनुसार इंग्ल्यान्डका स्ट्राइकर अहिलेसम्म प्रतियोगिताका उत्कृष्ट खेलाडी रहेका छन् । गए राति कोलम्बिया विरुद्ध गोलसंगै उनले प्रतियोगितामा छैठौं गोल दर्ता गरेका छन् जुन प्रतियोगितामा सबैभन्दा बढी हो । उनले ३ खेलमा ९ प्रहार पोस्टमा गरेका छन् भने २ गोल गर्ने अवसर सिर्जना गरेका छन् ।
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]