7 years ago
July 4, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकपमा स्विडेनसँग पराजित स्विजरल्याण्डका लागि यो लामो इतिहास तोड्ने अवसर थियो। तर अर्को पटकपनि अन्तिम १६ बाट बाहिरिदै स्विट्जरल्यान्डले १९३८ यताको खराब इतिहासलाई निरन्तरता दिएको छ।
सन् १९५४ यता स्विस टोली विश्वकपको क्वाटर फाइनलमा स्थान बनाउन सफल भएको छैन। सन् १९३८ यता स्विट्जरल्यान्डले ठूलो प्रतियोगिताको नक आउट चरणमा कुनै खेल जितेको छैन।
गएराती स्विडेनसँग पनि खेलको ६६ औं मिनेटमा पछि परेको स्विस टोली फर्किन नसकेपछि विश्वकपको अन्तिम १६ बाट बाहिरिनु पर्यो। विश्वकप २०१४ मा पनि अन्तिम १६ मा बाहिरिएको स्विस टोली अर्जेन्टिनासँग ९० मिनेटको बराबरीपछि अतिरिक्त समयमा पछि परेको थियो। २०१६ यूरो कपमा पनि पोल्याण्डसँग अन्तिम १६ मै पराजित भयो थियो। निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ को बराबरी पछि स्विट्जरल्यान्ड पेनाल्टीमा पराजित भएको थियो।
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]