default_image

7 years ago

July 4, 2018

काभानी फ्रान्सविरुद्ध खेल्नेमा शंका

65 views

0 Bookmark

मस्को (एजेन्सी)– उरुग्वेका स्ट्राइकर इडिन्सन काभानीको चोट गम्भिर नरहेको उरुग्वे फुटबल संघले जनाएको छ । पोर्चुगलविरुद्ध शनिबार भएको विश्व कप क्वार्टरफाइनलमा उनकै २ गोलमा उरुग्वे २–१ ले विजयी हुँदै क्वार्टरफाइनलमा पुगेको थियो । तर, चोटकारण उनले त्यो खेल पुरा समय खेल्न पाएनन् ।

बायाँ पिडौंलाको माशंपेशीमा समस्या देखिएपछि उनलाई परिवर्तन गरिएको थियो । तर, संघले टोली र समर्थकका साथ सुखद खबर भएको उल्लेख गर्दै सुरुमा अनुमान गरिएको जस्तो चोट गम्भिर नरहेको बताइएको छ । सुरुमा पिडौंलामा गम्भिर चोटको अनुमान गरिए पनि सामान्य माशंपेशी च्यातिएको बताइएको छ ।

यद्दपी सोमबारको अभ्यासमा भने उनी केहि संघर्ष गरिरहेको देखिएको थियो । उरुग्वेले शुक्रबार फ्रान्ससँग क्वार्टरफाइनल खेल्नेछ । काभानीले त्यो खेल खेल्ने नखेल्ने अझै निश्चित भने भइसकेको छैन । सम्भवत प्रशिक्षक ओस्कार टाबारेजले भने गोल मेसिनका नामले चिनिने काभानीलाई सुरुमै खेलाएर जोखिम मोल्ने छैनन् ।

February 24, 2025

लिभरपुलद्वारा सिटी पराजित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

Success

Thank you for your time.