default_image

7 years ago

July 4, 2018

रोनाल्डो युभेन्टस जाने हल्ला चर्कियो

73 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस जाने खबरले अहिले फुटबल बजारमा व्याप्त रहेको छ ।

मंगलबार इटाली तथा स्पेनिस स्पोर्ट्स पत्रिकामा सो खबर हेडलाइनकै रुपमा पनि आएको हो । इएसपिएनका अनुसार युभेन्टसले रियलसामु प्रस्ताव पनि राखिसकेको छ  । तर रोनाल्डो आफैले भने आधिकारिक रुपमा सो निर्णय लिइसकेका छैनन् । केही पत्रिकाहरुले भने रोनाल्डोले प्रस्ताव स्विकार गरिसकेको बताए तर सो खबर गलत भएको इएसपिएनले जनाएको छ ।

स्पेनिस पत्रिका मार्साले रियल म्याड्रिड १०० मिलियन युरोमा रोनाल्डोलाई बेच्न तयार भएको छापे पनि केही छिनमा सो खबरलाई सम्पादन गरेको थियो । युभेन्टसलाई टुटोस्पोर्ट्सले ट्विटरमार्फत खबरको सत्यता सोध्दा क्लबले केही भने बोलेको छैन ।

१ सय मिलियनमा रियल म्याड्रिड नमाने १ सय २० मिलियन युरो खर्चिन युभेन्टस तयार रहेको जनाइएको छ । रियल म्याड्रिडले सो प्रस्ताव अहिले सोच्दै गरेको विभिन्न श्रोतहरुले जनाएका छन् ।

रोनाल्डो युभेन्टसमा सरुवा भए ३० मिलियन युरो वार्षिक कमाउंदै उनी विश्व खेलकुदकै सबैभन्दा बढी कमाउने खेलाडी बन्नेछन् । युभेन्टसले अघिल्लो साता रोनाल्डोको एजेन्टलाई पनि भेटेका थिए ।

च्याम्पियन्स लिगको उपाधि जितेपछि रोनाल्डो आफू रियल म्याड्रिडमा रहनेमा अनिश्चितता प्रकट गरेका थिए । जुनमा इएसपिएनले रोनाल्डोले रियल छाडे इंग्ल्यान्ड, स्पेन वा इटालीमा सरुवा हुनु उनी इच्छुक रहेका बताएको थियो ।

रोनाल्डो भर्खरै विश्वकपबाट पोर्चुगलसंग बाहिरिएका हुन् । ४ खेलमा रोनाल्डो ४ गोल गर्न सफल भएका हुन् ।

February 24, 2025

लिभरपुलद्वारा सिटी पराजित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

Success

Thank you for your time.