7 years ago
July 4, 2018
मस्को (एजेन्सी)– नेयमारमाथि हुने फाउलले आफुलाई आश्चार्यमा नपारेको ब्राजिलका सेन्टर ब्याक थिएगो सिल्भाले बताएका छन् । बार्सिलोनाका पूर्व स्टारलाई रोक्न सहज नहुने भएकाले फाउल गरिने उनको भनाई छ ।
चोटका कारण लामो समय मैदान बाहिर रहेका नेयमार विश्व कपको केहि दिन अघि मात्र मैदान फर्केका थिए । त्यसयता मेक्सिकोलाई २–० ले हराउँदा नेयमार आफ्नो लयमा देखिएको विश्वास गरिएको छ । पेरिस सेन्ट जर्मेनका स्टार खेलका दौरान मेक्सिकन खेलाडीबाट पटक पटक फाउलको शिकार भएका थिए । तर, सिल्भा नेयमारका लागि गरिएको फाउल कुनै नयाँ विषय नभएको मान्छन् ।
‘यो सबै सामान्य हो । किनकी नेयमार विशेष क्षमता भएका खेलाडी हुन्, जसले उनलाई रोक्न खोज्छन् फाउल हुने सम्भावना रहन्छ ,’ उनले थपे,’ किनकी नेयमारलाई रोक्नु सधै चुनौतिपूर्ण हुनेछ । फाउल नगरि उनीबाट बल लिन सहज छैन । सिल्भाले मेक्सिकोसँगको खेल कठिन भएको पनि स्वीकारेका छन् । ‘
उनले बेल्जियमसँग हुने क्वार्टरफाइनल पनि कठिन हुने अनुमान गरेका छन् ।’ बेल्जियम प्राविधिक र शारीरिक रुपमा पनि निकै बलियो टोली हो । बेल्जियम अन्तिम १६ मा जितको हकदार थियो,’ उनले भने, ‘मलाई लाग्छ ब्राजिल प्रतियोगिताको दाबेदार हो । तर त्यसो भन्नु पर्याप्त होइन । यदि हामी उपाधि चाहन्छौं भने हामीले अझै मेहनत गर्दै उच्च प्रदर्शन गर्न जरुरी हुन्छ ।’
सिल्भाले मेहनत र आराम दुवै आवश्यक रहेको उल्लेख गर्दै शुक्रबार बेल्जियमसँग हुने खेल अझै कठिन रहेको बताएका छन् । ब्राजिलले मेक्सिको माथि सहज जित हात पारेको थियो भने बेल्जियमले जापानसँग २–० ले पछि परेको खेल उल्टाउँदै ३–२ को जित दर्ता गरेको थियो ।
February 24, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]