7 years ago
July 3, 2018
सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप अन्तिम १६ को सातौं खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १-० ले हराएको छ । स्विडेनका लागि विङर एमिल फोर्सबर्गले निर्णायक गोल गर्न सफल रहे ।
पहिलो हाफमा स्विट्जरल्यान्डले अधिकांश पोजेसन राखे पनि दुवै टोली गोल गर्न असफल रहे । दोस्रो हाफमा भने स्विडेन गोलको खाता खोल्न सफल रह्यो ।
फोर्सबर्गले डिफ्लेक्टेड प्रहारमार्फत टोलीलाई अग्रता दिलाए र सो गोल नै स्विडेनलाई क्वाटरफाइनलमा स्थान सुनिश्चित गर्न पर्याप्त रह्यो । स्विट्जरल्यान्डले खेलको अन्तिम मिनेटमा रातो कार्ड खांदै १० खेलाडीमा सीमित भएको थियो ।
साविक विजेता जर्मनी रहेको समूह ‘एफ’ मा विजेताका रुपमा स्विडेन अन्तिम १६ मा छनोट हुन सफल भएको थियो । अर्को तर्फ, ब्राजिललाई पहिलो खेलमा १-१ को बराबरीमा रोकेको स्विट्जरल्याण्ड समूह ‘ई’ को उपविजेता रहेको थियो ।
यस अघि उरुग्वे, फ्रान्स, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियमले अन्तिम ८ मा स्थान बनाइसकेका छन् भने पोर्चुगल, अर्जेन्टिना, स्पेन, डेनमार्क, मेक्सिको र जापान बाहिरिएका छन् । अब स्विडेनले क्वाटरफाइनलमा इंग्ल्यान्ड र कोलम्बियाको विजेतासंग भिड्ने छ ।
February 24, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]