7 years ago
July 3, 2018
मस्को (एजेन्सी) – रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनलको बहुप्रतिक्षित खेलमा आज राति इंग्ल्यान्ड र कोलम्बियाबीचको खेल हुनेछ । यसपछि रसिया विश्वकपको क्वार्टरफाइनल समिकरण पुरा हुनेछ । इंग्ल्यान्ड र कोलम्बियाबीचको बहुप्रतिक्षित प्रि–क्वार्टरफाइनल खेल मंगलबार राति ११ः४५ बजे स्पार्कटक स्टेडियम मस्कोमा हुनेछ ।
कप्तान ह्यारी केन प्रेरित इंग्ल्यान्डले यो आफैले चाहेर बनेको समिकरण हो । बराबरीले पनि समूह विजेता बनेर अघि बढ्न सक्ने इंग्ल्यान्डले बेल्जियमविरुद्धको खेलमा दोस्रो रोजाईको टोली उतार्दै कम्तीमा पनि क्वार्टरफाइनलमा ब्राजिलसँगको भेटलाई टारेको थियो । युवा खेलाडीले भरिएको उत्साहित इंग्ल्यान्डले कोलम्बियालाई सहजै पराजित गर्ने योजना बनाएको छ ।
समूह चरणमा विपक्षी टिमविरुद्ध धेरै गोल गर्ने टिममा इंग्ल्यान्ड पनि रहेको छ । इंग्ल्यान्डले समूह चरणको तीन खेलमा ८ गोल गर्दै ३ गोल मात्र खाएको थियो । इंग्ल्यान्डले पहिलो खेलमा ट्युनिसियामाथि २–१ को तथा दोस्रो खेलमा पानामाविरुद्ध ६–२ को जित निकाल्दा समूअ चरणको अन्तिम खेलमा बेल्जियमसँग १–० ले पराजित भएको थियो । त्यसैले कोलम्वियाविरुद्ध इंग्ल्यान्ड पल्लाभारी हुने अनुमान गरिएको छ ।
समूह चरणका शुरुवाती दुई खेल जितेर उत्साहित बनेको इंग्ल्यान्डसँग कप्तान ह्यारी केन, जेसे लिङ्गार्ड, रहिम स्ट्रलिङ र चोटबाट पुनरागमन गर्दै गरेको डेल अली जस्ता युवा प्रतिभावान खेलाडीहरुको साथ छ । उच्च फर्ममा रहेका केन इंग्ल्यान्डको मुख्य हतियार बन्नेछन ।
यता इंग्ल्यान्डलाई अहिलेसम्म पराजित गर्न नसकेको कोलम्बिया बदला लिने योजनाका साथ मैदान उत्रनेछ । अहिलेसम्म यी दुई टोली तीनपटक आमनेसामने हुदा दुई खेलमा इंग्लयान्ड विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ । त्यसैले कोलम्बिया इंग्ल्यान्डविरुद्धको हारको जिङ्कसलाई जसरी पनि तोड्ने कोलम्बियाको एकमात्रै विकल्प बनाएको छ ।
यस्तोमा कोलम्बियालाई कप्तान राडामेल फल्काओ, हामेस रोड्रिग्वेज, यारी मिना र जुवान कोर्डाडोको उच्च प्रदर्शन जेसे पेकरम्यानको हतियार बन्नेछ । समूह चरणको एसियाली राष्ट्र जापानसँग २–१ ले स्तब्ध भएपनि कोलम्बियाले सम्हालिएको प्रदर्शन गर्दै समूह विजेताको रुपमै अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।
पछिल्लोपटक यी दुई टिमले २००५ मा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा इंग्ल्यान्ड ३–२ ले विजयी भएको थियो । समुह चरणमा आधार मान्ने हो भने यी दुई टिमबीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ । तर, जेम्स रोड्रिग्वेजको चोटले पनि कोलम्बियाको खेलमा प्रभाव पार्न सक्नेछ ।
February 24, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]