default_image

7 years ago

July 3, 2018

स्वीडेनको सामना गर्दै स्वीट्जरल्यान्ड

67 views

0 Bookmark

पिटर्सबर्ग (एजेन्सी) – फिफा विश्वकप फुटबल अन्र्तगत आज प्रि–क्वार्टरफाइनलको सातौ खेलमा स्वीडेन र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुदैछ । खेल सेन्ट पिटर्सबर्गस्थित एरिनामा मंगलबार नेपाली समय अनुसार साँझ ७ः४५ बजेपछि शुरु हुनेछ ।

स्वीडेन सन् १९९४ पछि पहिलोपटक अन्तिम ८ मा प्रवेश गर्ने योजनामा हुनेछ । त्यतिबेला स्वीडेनले तेस्रो स्थान हात पारेको थियो । त्यसयताका विश्वकपमा भने स्वीडेनले सम्झनयोग्य प्रदर्शन गर्न सकेको छैन । सर्वकालीन स्ट्राइकर जाल्टन इभ्राहिमोभिच रहँदा पनि टिमले २०१० र २०१४ को विश्वकपमा छनोट नै हुन सकेन ।

अहिले इभ्राहिमोभिच टिममा छैनन् । तर, स्वीडेनले गज्जबको प्रदर्शन गरिरहेको छ । तर, दोहोरो पहेलो कार्डको कारण स्वीडेनले कप्तानसहित ४ खेलाडीलाई स्वीट्जरल्यान्डविरुद्धको खेलमा गुमाउनेछ । कप्तान स्टेफन लिच्स्टेनर, जेन्डी एन्डरसन सेबास्टियन लार्सन र फावियन सेचरलाई स्वीडेनले गुमाउनेछ । यो टिमको लागि दुर्भाग्य हुनेछ ।

तर, टिममा उच्च प्रदर्शन गरिरहेका आन्द्रेस ग्राङ्भिष्ट, जोन गुइडेट्टी र मार्कुस वर्गले टिमलाई हारबाट जोगाउन सक्नेछ । स्वीडेन समूह ‘एफ’ को समूह विजेता हो । दक्षिण कोरियालाई १–० ले पराजित गरेर अघि बढेको स्वीडेन विश्वविजेता जर्मनीसँग २–१ ले पराजित भएपनि समूह चरणको अन्तम खेलमा मेक्सिको माथि ३–० को प्रभावशाली जित निकालेको थियो । त्यसैले पनि स्वीडेनले स्वीट्जरल्यान्डविरुद्ध उच्च प्रदर्शन गर्ने योजनामा हुनेछ ।

यता, स्वीट्जरल्यान्ड स्वीडेनलाई पराजित गर्दै अघि बढ्ने योजनामा हुनेछ । स्वीडेनका नियमित ४ खेलाडी टिममा नरहनु पनि स्वीट्जरल्यान्डका लागि फाइदा हुनेछ । यसको फाइदा स्वीट्जरल्यान्डले उठाउन सक्नेछ । जरदान साकिरी, जाकाजस्ता खेलाडीहरुले टिमको नतिजामा फेरबदल राख्न सक्नेछ । स्वीडेन ब्राजिल रहेको समूह ‘ईं’ बाट उपविजेताको रुपमा अघि बढेको हो ।

स्वीट्जरल्यान्डले यसअघिका तीन संस्करणमा सहभागिता जनाएपनि अन्तिम १६ भन्दा अघि बढ्न सकेको छैन । त्यसैले यसपटक स्वीट्जरल्यान्डलाई प्रि–क्वार्टरफाइनलभन्दा अघि बढ्ने मौका छ । यी दुई टिम १३ पटक आमने सामने भएका छन् । दुवै टिमले समान ५–५ जित र हार तथा ३ खेल बराबरीमा सकिएको छ । त्यसैले पनि यी दुई टिमको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

February 24, 2025

लिभरपुलद्वारा सिटी पराजित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

Success

Thank you for your time.