7 years ago
July 3, 2018
ब्युनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाले क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाड्ने चर्चामा कुनै टिप्पणी गर्न नचाहेको बताएका छन् । उनले भने, ‘रोनाल्डोले नै यो विषयमा निर्णय गर्ने छन्, म यो विषयमा सहभागी हुन चाहन्न ।’
रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि जितेसँगै ३३ वर्षे सुपर स्टारले आउने सिजन क्लब छोड्ने चर्चा सुरु भएको थियो । उनी पूर्व क्लब म्यानचेस्टर युनाइटेड वा पेरिस सेन्ट जर्मेन (पिएसजी) जान सक्ने चर्चा चलेको छ ।
रोनाल्डोको नेतृत्वमा पोर्चुगल रसियामा जारी विश्व कपमा प्रि क्वार्टरफाइनलमा पुगेको थियो । अन्तिम १६ को खेलमा रोनाल्डोको टोली उरुग्वेसँग २–१ ले पराजित भएको थियो । विश्व कपमा रोनाल्डोले ४ गोल गरेका थिए । विश्व कपपछि अब फेरि रोनाल्डो क्लब फुटबलमा केन्द्रित हुने विश्वास गरिएको छ ।
यद्दपी उनको भविष्यका बारेमा बोल्न म्यारोडोनाले अस्वीकार गरे । ‘रियलमा बस्ने वा छाड्ने त्यसको निर्णय उनले नै गर्नेछन् । म त्यसमा पर्न चाहन्न,’ उनले भने, ‘रोनाल्डोलाई सल्लाह दिने उनका नजिकका मान्छे छन्, सहि सल्लाह उनीहरुले नै दिनेछन् ।’
पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डो सन् २००९ मा युनाइटेडबाट रियल पुगेका थिए । उनको सहभागितमा रियलले ४ वटा च्याम्पिन्स लिग, ला लिगा र कोपा डेल रे समान २ पटक जितेको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]