default_image

6 years ago

July 3, 2018

तथ्यमा रसिया विश्वकप, अब १० खेल बाँकी

85 views

0 Bookmark

 मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनलको खेलहरु आज सकिदैछ । रोमाञ्चक अनपेक्षित नतिजाहरु निस्किरहेको यस विश्वकपमा उपाधिको दावेदार टिमहरु समूह चरण र अन्तिम १६ बाट बाहिरिएका छन् ।

उरुग्वे, फ्रान्स, क्रोएसिया, रसिया, ब्राजिल र बेल्जियमले अन्तिम आठमा स्थान सुरक्षित गर्दा उपाधिको दावेदार अर्जेन्टिना, पोर्चुगल र स्पेन अन्तिम १६ बाटै बाहिरिए । नेयमारले अपेक्षा गरेअनुरुपकै प्रदर्शन गर्दा ब्राजिलले मेक्सिको माथि २–० को जित निकालेको थियो ।

खेलमा पहिलो गोल गरेका नेयमारले अर्को गोलका लागि पास निकालेका थिए । जारी विश्व कपमा नेयमारको पनि २ गोल पुगेको छ । अब ब्राजिल र बेल्जियमबीच हुने क्वार्टरफाइनल सबैको प्रतिक्षाको विषय पक्कै बन्ने छ । अन्तिम १६ को खेलमा आज साँझ ७ः४५ बजे स्वीडेनर स्वीट्जरल्यान्ड तथा कोलम्वियाले राति ११ः४५ बजे इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

यससँगै विश्वकपको क्वार्टरफाइन समिकरण पुरा हुनेछ । विश्व कपमा अब प्रिक्वार्टरफाइनलका २, क्वार्टरफाइनल ४, सेमिफाइनल २ तथा तेस्रो स्थान र फाइनल गरि १० खेल मात्र बाँकी छन् ।

अहिले सम्म भएका ५४ खेलमा यस्तो छ तथ्याङ्क

खेल सङ्ख्याः ५४
समूह चरण (पहिलो राउण्ड)
१.रसियाविरुद्ध साउदी अरेबिया (५–०)
२.इजिप्टविरुद्ध उरुग्वे (०–१)
३.मोरक्कोविरुद्ध इरान (०–१)
४.पोर्चुगलविरुद्ध स्पेन (३–३)
५.फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
६.अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
७. पेरुविरुद्ध डेनमार्क (०–१)
८.क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
९.कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
१०. जर्मनीविरुद्ध मेक्सिको (०–१)
११. ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
१२. स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
१३. बेल्जियमविरुद्ध पानामा (३–०)
१४. ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)
१५.कोलम्वियाविरुद्ध जापान (१–२)
१६. पोल्याण्डविरुद्ध सेनेगल (१–२)

समूह चरण (दोस्रो राउण्ड)
१७. रसियाविरुद्ध इजिप्ट (३–१)
१८.पोर्चुगलविरुद्ध मोरक्को (१–०)
१९.उरुग्वेविरुद्ध साउदी अरेबिया (१–०)
२०.स्पेनविरुद्ध इरान (१–०)
२१. डेनमार्कविरुद्ध अष्ट्रेलिया (१–१)
२२.फ्रान्सविरुद्ध पेरु (१–०)
२३. अर्जेन्टिनाविरुद्ध क्रोएसिया (०–३)
२४. ब्राजिलविरुद्ध कोस्टारिका (२–०)
२५. नाइजेरियाविरुद्ध आइसल्यान्ड (२–०)
२६. सर्वियाविरुद्ध स्वीट्जसरल्याण्ड (१–२)
२७. बेल्जियमविरुद्ध ट्युनिसिया (५–२)
२८. दक्षिण कोरियाविरुद्ध मेक्सिको (१–२)
२९. जर्मनीविरुद्ध स्वीडेन (२–१)
३०. इंग्ल्यान्डविरुद्ध पानामा (६–१)
३१. जापानविरुद्ध सेनेगल (२–२)
३२. पोल्यान्डविरुद्ध कोलम्विया (०–३)

समूह चरण (तेस्रो राउन्ड)
३३. उरुग्वेविरुद्ध रसिया (३–०)
३४. साउदी अरेबियाविरुद्ध मोरक्को (२–१)
३५. इरानविरुद्ध पोर्चुगल (१–१)
३६. स्पेनविरुद्ध मोरक्को (२–२)
३७.डेनमार्कविरुद्ध फ्रान्स (०–०)
३८.अष्ट्रेलियाविरुद्ध पेरु (०–२)
३९. नाइजेरियाविरुद्ध अर्जेन्टिना (२–१)
४०. आइसल्यान्डविरुद्ध क्रोएसिया (१–२)
४१.दक्षिण कोरियाविरुद्ध जर्मनी (२–०)
४२. मेक्सिकोविरुद्ध स्वीडेन (०–३)
४३. सर्वियाविरुद्ध ब्राजिल (०–२)
४४.स्वीट्जरल्यान्डविरुद्ध कोस्टारिका (२–२)
४५.जापानविरुद्ध पोल्यान्ड (०–१)
४६.सेनेगलविरुद्ध कोलम्विया (०–१)
४७. इंग्ल्यान्डविरुद्ध बेल्जियम (०–१)
४८. पानामाविरुद्ध ट्युनिसिया (१–२)

प्रि–क्वार्टरफाइनल
४९. फ्रान्सविरुद्ध अर्जेन्टिना (४–३)
५०. उरुग्वेपिरुद्ध पोर्चुगल (२–१)
५१. स्पेनविरुद्ध रसिया (१–१) (३–४)
५२.क्रोएसियाविरुद्ध डेनमार्क (१–१) (३–२)
५३. ब्राजिलविरुद्ध मेक्सिको (२–०)
५४. कोलम्वियाविरुद्ध जापान (३–२)

गोल सङ्ख्याः १४३ गोल
पहिलो हाफः ५३ गोल
दोस्रो हाफः ९० गोल
पेनाल्टी सुटआउटः १२ गोल
पेनाल्टीमा गोलः २० गोल – रोनाल्डो, जेडिनाक–२ गोल, ग्रिजम्यान–२, लुका मोड्रिक, एन्ड्रियस ग्राङभिष्ट–२ गोल, सिन्जी कागवा, मोहम्मद सलाह, सासी–ट्युनिसिया, इडेन हजार्ड, कार्लाेस भेला, ह्यारी केन–२ गोल, सलमान अर फराज, करिम अन्सारीफार्ड, भिक्टर मोसेस, गिल्फी सिगुर्डसन र अर्टिम ज्युभा
पेनाल्टी मिसः ७ गोल – (मेस्सी–अर्जेन्टिना) (क्रिष्टियन कुयुभा–पेरु) (गिल्फी सिगुर्डसन–आइसल्याण्ड), पाहद अल मुवालद–साउदी अरेबिया, क्रिष्टियानो रोनाल्डो–पोर्चुगल, ब्रायन रुइज–कोस्टारिका र लुका मोड्रिक–क्रोएसिया –अतिरिक्त समय)
फ्रिकिक गोलः ५ गोल – (एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल, एलेक्ससान्डर कोलारोभ–सर्विया, टोनी क्रुस–जर्मनी र लुइस स्वारेज–उरुग्वे)
आत्मघाती गोलः १० गोल अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को, ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया, अजिज विहिच–अष्ट्रेलियाविरुद्ध फ्रान्स, थियागो सियोनेक–पोल्याण्डविरुद्ध सेनेगल, अहमेद फाथी–इजिप्टविरुद्ध रसिया, डेनिस चेरेसेभ रूसविरुद्ध उरुग्वे, यान सोम्मेर कोस्टारिकाविरुद्ध स्वीट्जरल्यान्ड, इड्सन अल्भारेज–मेक्सिकोविरुद्ध स्वीडेन, यासिनी मेरिह–पानामाविरुद्ध ट्युनिसिया, सर्जि इग्नासेभिच–रसियाविरुद्ध स्पेन

पहेलो कार्डः १८१
रातो कार्डः ३ – कार्लाेस साञ्चेज–कोलम्वियाविरुद्ध जापान, जेरेमी बोटिङ–जर्मनीविरुद्ध स्वीडेन, दोहोरो पहेलो र इगर स्मोलिनीकोभ रूसविरुद्ध उरुग्वे, दोहोरो पहेलो
ह्याट्रिकः २ – (रोनाल्डो–पोर्चुगलविरुद्ध स्पेन) र ह्यारी केन–इंग्ल्यान्डविरुद्ध पानामा)
सव्सिच्युट खेलाडीको गोलः ९ गोल – (डेनिस चेरेसेभ (२), अर्टिम ज्युुभा (रसिया), मिचेयी बात्सुयायी–बेल्जियम, फिलिपे बालोए–पानामा, केइसुके होन्डा–जापान, इगो आसपास–स्पेन, सर्जियो अग्विरो–अर्जेन्टिना, मारौनी फेलियानी र नासिर चाड्ली–बेल्जियम
सर्वाधिक गोलकर्ता
५ गोल –(ह्यारी केन–इंग्ल्यान्ड)
४ गोल –क्रिष्टियानो रोनाल्डो–पोर्चुगल र रोमेलु लुकाकु–बेल्जियम)
३ गोल– डेनिस चेरेसेभ–रसिया, डिएगो कोष्टा–स्पेन, केलियन एमबाप्पे–फ्रान्स, एडिन्सन काभानी–उरुग्वे र अर्टिम ज्युभा
२ गोल–जेडिनाक–अष्ट्रेलिया, लुका मोड्रिक–क्रोएसिया, फिलिपे कौटिन्हो–ब्राजिल, अहमेद मुसा–नाइजेरिया, इडेन हजार्ड–बेल्जियम, जोन स्टोन–इंग्ल्यान्ड, लुइस स्वारेज–उरुग्वे, मोहम्मद सलाह–इजिप्ट, ह्युङ मिन सन–दक्षिण कोरिया, आन्द्रेस ग्राङभिष्ट–स्वीडेन, यारी मिना–कोलम्विया, वाभी खाज्री–ट्युनिसिया, एन्टोनी ग्रिजम्यान–फ्रान्स, सर्जियो अग्विरो, नेयमार–ब्राजिल र टाकासी इनुई–जापान र विभिन्न देशका ७३ खेलाडीले एक गोल गर्न सफल भएका छन् ।

September 21, 2024

बुद्धशान्तिमा झापा मिडिया कप फुटबल हुने

हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिमा बुद्धशान्ति प्रेस क्लबको आयोजनामा झापा मिडिया कप २०८१ हुने भएको छ । प्रेस क्लब बुद्धशान्तिले नेपालीहरुको महान चाड बडादसैँको अवसर पारेर जिल्लाका प्रेस क्लबहरुबीच मिडिया कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा झापाका छवटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम […]

September 21, 2024

महिला लिग – पुलिस र वालिङ खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिग,मा अपराजित विभागीय टोली नेपाल पुलिस क्लबले शनिवार वालिङ नगरपालिकासँग खेल्दैछ । लिगमा शनिवार हुने दोस्रो खेलमा पुलिस र वालिङ खेल्दैछन् । दशरथ रंगशालामा खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । पुलिस र वालिङको समान ६ खेलमा समान १२ अंक छ । गोलअन्तरले। पुलिस तेस्रो र वालिङ चौथो स्थानमा […]

September 21, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिगमा अल नासरले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । चौथो खेलमा दोस्रो जित निकाल्नेक्रममा नासरले शुक्रवार अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गर्यो । नासरलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, एन्डसन टलिस्का र सलिम अलनाज्दिले समान १ गोल गरे । नासरका लागि रोनाल्डोले ३३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । […]

Success

Thank you for your time.