7 years ago
July 3, 2018
रोस्टोभ (एजेन्सी) – इन्जुरी समयमा नासेर चाड्लीले निर्णायक गोल गरेपछि जापानलाई ३–२ ले हराउँदै बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा पुगेको छ । बराबरीतर्फ उन्मुख खेलको ४ मिनेट इन्जुरीको अन्तिम मिनेटमा काउन्टर एट्याकमा उत्कृष्ट मुभ बनाउँदै बेल्जियमले तेस्रो तथा निर्णायक गोल गरेको थियो ।
२–० ले पछि परेको खेल उल्टाउँदै बेल्जियम अन्तिम आठमा पुगेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा जापानले ४ मिनेटको फरकमा २ गोल गर्दै अप्रत्यासित अग्रता लिएको थियो । त्यसका विरुद्ध बेल्जियमले पनि ५ मिनेटको फरकमा २ गोल गर्दै खेलमा फर्किइको थियो ।
परिवर्ति रोर्बेटो फिलानीले ७४ औं मिनेटमा गोल गरेसँगै खेल २–२ को बराबरीमा पुगेको थियो । कप्तान इडेन हाजार्डको क्रसमा फिलानीले हेडमार्फत गोल गरेका थिए ।
त्यसअघि ६९ औं मिनेटमा जान भेर्टोघेनले हेडमार्फत गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने कोशिस गरेका थिए।
दोस्रो हाफ सुरु भएको सात मिनेट भित्र जापानले २–० को अग्रता लिएको थियो । जापानका लागि पहिलो गोल गेन्की हारागुचीले ४८ औं मिनेटमा गरेका थिए । लगत्तै बेल्जियमले गोल फर्काउने मौका पाएको थियो । तर, सफल हुन सकेन । कप्तान इडेन हाजार्डका प्रहार पोष्टमा लागेर फर्केको थियो ।
दबाबमा परेको बेल्जियमविरुद्ध ताकासी इन्युले ५२ औं मिनेटमा अर्को गोल थपेका थिए । बेल्जियमले ब्राजिलसँग क्वार्टरफाइनल खेल्नेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]