7 years ago
July 3, 2018
रोस्टोभ (एजेन्सी) – रसियामा जारी विश्व कपको बेल्जियम र जापानबीच छैटौं प्रिक्वार्टरफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । यो खेलको विजेताले क्वार्टरफाइनलमा ब्राजिलको सामना गर्नेछ । ब्राजिलले आजै मेक्सिकोलाई २–० ले हराएको थियो ।
विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने एक्लो एसियाली राष्ट्रका रुपमा रहेको जापानले पटक पटक दबाब खेप्दा पनि स्तरिय बेल्जियमलाई ४५ मिनेट रोक्न सफल भएको छ । जापान समूह ‘एच’ बाट फेयर प्लेमार्फत सेनेगललाई पछि पार्दै अन्तिम १६ मा पुग्न सफल टोली हो ।
लगातार छैटौंपटक विश्वकप खेलिरहेको जापानको २००२ र २०१० को विश्वकपमा अन्तिम १६ मा पुग्नु नै ठुलो सफलता हो । जापान अहिले सम्म विश्व कपको क्वार्टरफाइनल पुग्न सकेको छैन । आफ्नो समूहको विजेताका रुपमा अघि बढेको बेल्जियम २२ खेलसम्म अपराजित रहेको छ ।
सन् १९८६ को विश्वकपमा चौथो स्थान हात पार्नु नै बेल्जियमको ठुलो उपलब्धि हो । त्यसयता चारवर्ष अघिको विश्वकपमा बेल्जियमले अन्तिम आठमा स्थान बनाएको थियो ।यी दुई टोलीबीच यसअघिका पाँच खेलमा जापानले दुई खेलमा जित, २ बराबरी र १ खेलमा हार बेहोरेको थियो ।
यी टोलीले २००२ को विश्वकपको समूह चरणमा २–२ गोलको बराबरी खेलेका थिए । २०१७ को मैत्रीपूर्ण खेलमा बेल्जियम १–० ले विजयी भएको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]