default_image

7 years ago

July 2, 2018

ब्राजिल र मेक्सिकोको पहिलो हाफ गोलरहित

49 views

0 Bookmark

समारा (एजेन्सी) – विश्वकप २०१८ को अन्तिम १६ को पांचौं खेलमा ब्राजिल र मेक्सिको भिड्दै छन् । पहिलो हाफको अन्त्यमा दुवै टोलीले गोल गर्न असफल भएका छन् ।

ब्राजिल र मेक्सिकोले पहिलो हाफमा लगभग समान पोजेसन राखेका छन् भने ब्राजिलले पोस्टमा ३ प्रहार गर्न पनि सफल भएको छ । रक्षात्मक खेल पस्किरहेको मेक्सिको ब्राजिललाई काउन्टर अट्याकमा गोल गर्ने रणनीति अप्नाएको देखिन्छ ।

ब्राजिल समूह ‘ई’ को विजेताका रुपमा अन्तिम १६ मा छनोट भएको हो भने मेक्सिको समूह ‘एफ’ को उपविजेता रहेको हो ।

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

रियल कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]

Success

Thank you for your time.