7 years ago
July 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको फ्रेन्डस् क्लब राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा फ्रेन्डस्ले लुम्बिनी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
नियमित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको हो । निर्धारित समयको खेलको १६ औं मिनेटमा दिपेश प्रसाईंले १६ औं मिनेटमा गोल गर्दै फ्रेन्डस्लाई अग्रता दिलाए ।
तर, ५३ औं मिनेटमा मोहन थापाले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि थव गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । अब फ्रेन्डस्ले फाइनल प्रवेशका लागि ब्रिगेड ब्वाइजको सामना गर्नेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]