7 years ago
July 2, 2018
एजेन्सी (रोस्टोभ) – एसियाली राष्ट्र जापान रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने एक्लो एसियाली राष्ट्र हो । विश्व फुटबलमा युरोप र दक्षिण अमेरिकी राष्ट्रले दवदवा जमाइरहँदा एसियाली टिमलाई अन्तिम १६ सम्म पुग्नु पनि ठुलो कुरा हो ।
यही एसियाली राष्ट्र जापानले क्वार्टरफाइनल पुग्ने लक्ष्यलाई जीवित राख्दै सोमबार राति अहिले उपाधिको दावेदार मानिएको बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ । खेल रोस्टोभ अन डनमा राति ११ः४५ बजेपछि शुरु हुनेछ । जापान समूह ‘एच’ बाट फेयर प्लेमार्फत सेनेगललाई पछि पार्दै अन्तिम १६ मा पुग्न सफल टोली हो । जापानी टिमका प्रशिक्षक अकिरा निसिनोले टिम बेल्जियमविरुद्ध तयार रहेको बताएका छन् ।
‘हामी कठिन संघर्ष गर्दै यहाँसम्म आइपुगेका छौं । अन्तिम १६ मै हामीले कठिन प्रतिद्धन्द्धीको रुपमा बेल्जियम पाएका छौं । बलियो बेल्जियमविरुद्ध खेल्न हामीलाई पक्कै असहज हुनेछ ।’ प्रशिक्षक निसिनोले भने, ‘समूह चरणमै हामीले कोलम्विया जस्तो बलियो टिमलाई पनि पराजित गरेका छौं । टिमको मनोवल उच्च नै छ । त्यसैले हामी बेल्जियमविरुद्ध जित्ने लक्ष्यमा मैदान उत्रने छौं ।’
लगातार छैटौंपटक विश्वकप खेलिरहेको जापानको २००२ र २०१० को विश्वकपमा अन्तिम १६ मा पुग्नु नै ठुलो सफलता हो । त्यसैले जापान अन्तिम १६ भन्दा अघि बढ्दै जापानी फुटबलमा ऐतिहासिक नाम लेखाउने योजनामा हुनेछ । कोलम्वियाविरुद्ध रक्षात्मक रणनीतिमा खेलेर जित हात पारेको जापानले पोल्यान्डविरुद्धको खेलमा आक्रमक रणनीति अपनाउदा पराजित हुन पुगेको थियो । सेनेगलविरुद्धको खेलमा रक्षात्मक रणनीति अपनाएर खेल्दा खेलमा दुई पटक पछि परेको स्थितिमा पनि बराबरी गर्न सफल भएको थियो । त्यसैले प्रशिक्षक निसिनोले यही रणनीति बेल्जियमविरुद्ध अपनाउने देखिन्छ ।
यता, स्टार खेलाडीहरुले भरिएको बेल्जियम जापानलाई सहजै पराजित गर्दै क्वार्टरफाइनलमा पुग्ने योजनामा रहनेछ । २२ खेलसम्म अपराजित रहेको बेल्जियम यही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । बेल्जियमका प्रशिक्षक रोबर्टाे मार्टिनेजले जापानविरुद्धको खेलमा बल पोजिसन आफ्नो पकडमा राख्दै जापानलाई पराजित गर्ने योजना बुनेका छन् । मार्टिनेजको योजनामा रोमेलु लुकाकु, इडेन हजार्ड, केभिन डि ब्रुएन र थिवाउट कोर्टियसले साथ दिनेछन् ।
उपाधिको दावेदार रहेपनि बेल्जियमले अहिलेसम्म विशवकपको उपाधि जित्न सकेका छैनन् । १९८६ को विश्वकपमा चौथो स्थान हात पार्नु नै बेल्जियमको ठुलो उपलब्धि हो । त्यसयता चारवर्ष अघिको विश्वकपमा बेल्जियमले अन्तिम आठमा स्थान बनाएको थियो ।
इतिहासलाई हेर्ने हो भने बेल्जियममाथि जापान हावी छ । यी दुई टिम पाँचपटक आमने समाने हुदा जापानले दुई खेलमा जित हात पार्दा दुई बराबरी र एक हारको नतिजा बेहोरेको छ । त्यसैल बेल्जियम बदला लिने योजनामा रहँदा जापान आफ्नो पुरानो प्रदर्शनलाई निरन्तरता दिने योजनामा हुनेछ । यी दुई टिमले २००२ को विश्वकपमा २–२ गोलको बराबरी खेलेको थियो । २०१७ को मैत्रीपूर्ण खेलमा बेल्जियम १–० ले विजयी भएको थियो ।
इतिहास जापानको पक्षमा छ भने लय बेल्जियमको । नतिजा अनुमान लगाउनु होस् !
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]