7 years ago
July 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ अन्तिम १६ अन्तर्गत आज दुई खेल खेलिंदैछन् ।
अहिलेसम्म ४ नक-आउट खेल खेलिंदा उरुग्वे, फ्रान्स, रुस र क्रोएसिया छनोट हुन सफल भएका छन् भने अर्जेन्टिना, पोर्चुगल, स्पेन र डेनमार्क बाहिरिएका छन् । आजका विश्वकपका खेलहरु यस प्रकारका छन्:
पहिलो खेल
ब्राजिल विरुद्ध मेक्सिको
समय : ७.४५ बजे
ब्राजिल समूह ‘ई’ को विजेताका रुपमा अन्तिम १६ मा छनोट हुन सफल भएको हो । ब्राजिलले आफ्नो ३ खेलमा ५ गोल गर्दै १ गोल खाएको छ । ब्राजिलका लागि मिडफिल्डर फिलिप कौटिन्होले सर्वाधिक २ गोल गरेका छन् । त्यस्तै मेक्सिको भने समूह ‘एफ’ को उपविजेताका रुपमा छनोट हुन सफल भएको हो । जर्मनीलाई पहिलो खेलमा हराएको मेक्सिकोले २ जित तथा १ हार बेहोरेको छ । मेक्सिकोले ३ गोल गर्दै ४ गोल खाएको पनि छ ।
दोस्रो खेल
बेजियम विरुद्ध जापान
समय ११.४५ बजे
त्यस्तै अर्को खेलमा शतप्रतिशत नतिजा कायम गरेको बेल्जियम एसियाली राष्ट्र जापानको सामना गर्ने छ । बेल्जियमले ९ गोल गरेको छ जुन कुनै पनि राष्ट्रका लागि समूह चरणमा सबैभन्दा धेरै हो भने केवल दुई गोल खान पुगेको छ । समूह ‘जी’ को विजेता बेल्जियमका लागि रोमेलु लुकाकुले ४ गोल गरेका छन् । जापान भने समूह ‘एच’ को उपविजेताको रुपमा छनोट भएको थियो । ३ खेलमा ४ गोल गर्दै ४ गोल खाएको जापानले पहिलो खेलमा कोलम्बियालाई निराश पारेको थियो ।
विश्वकपमा अप्रत्यशित नतिजाहरु आइराखेकाले र जापान र मेक्सिकोले यस अघि बलिया राष्ट्रहरुलाई हराइसकेकाले बेल्जियम र ब्राजिल आज शतर्क अवश्य हुने छन् ।
तपाईंको समर्थन कुन टोलीसंग रहेको छ ?
January 17, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]
January 17, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]