default_image

6 years ago

July 2, 2018

तथ्यमा रसिया विश्वकप :५२ खेलमा २ खेलाडीको ह्याट्रिक

57 views

0 Bookmark

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनलका खेलहरु जारी छन् । यसपटकको विश्व कपमा गए राती सम्म ५२ खेल सकिएका छन् । रोमाञ्चक बनिरहेको विश्व कपमा अब १२ खेल मात्र बाँकी छन् ।

५२ खेलमा अहिले सम्म १ सय ३६ गोल भएका छन् । जसमध्ये पहिलो हाफमा ५३ र दोस्रो हाफमा ८३ गोल सम्भव भएका छन् । अहिले सम्म दुई खेलाडीले मात्र ह्याट्रिक गरेका छन् । जसमा इङ्ल्यान्डका कप्तान ह्यारी केन र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो छन् ।

रोनाल्डोको टोली बाहिरि सकेको छ भने ह्यारी केनको टोलीले मंगलबार प्रि क्वार्टरफाइनलमा कोलम्बियाको सामना गर्दैछ । केन ५ गोलसहित उच्च गोलकर्ताको शीर्षस्थानमा छन् । रोनाल्डोले भने ४ गोल गरेका थिए ।
उपाधिको दाबेदार मानिएका कतिपय टोली अन्तिम १६ बाट बाहिरिएको छन् । अर्जेन्टिना, पोर्चुगल अन्तिम १६ बाटै बाहिरिदा यसमा उपाधिको अर्को दावदोर स्पेन पनि आयोजक रसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध भएको छ । क्रोएसियाले संघर्षपूर्ण जित निकाल्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका छन् ।

अन्तिम १६ को खेलमा आज उपाधिको दावेदार ब्राजिलले साँझ ७ः४५ बजे मेक्सिकोको तथा र बेल्जियमले राति ११ः४५ बजे जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

खेल सङ्ख्याः ५२
समूह चरण (पहिलो राउण्ड)
१.रसियाविरुद्ध साउदी अरेबिया (५–०)
२.इजिप्टविरुद्ध उरुग्वे (०–१)
३.मोरक्कोविरुद्ध इरान (०–१)
४.पोर्चुगलविरुद्ध स्पेन (३–३)
५.फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
६.अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
७. पेरुविरुद्ध डेनमार्क (०–१)
८.क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
९.कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
१०. जर्मनीविरुद्ध मेक्सिको (०–१)
११. ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
१२. स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
१३. बेल्जियमविरुद्ध पानामा (३–०)
१४. ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)
१५.कोलम्वियाविरुद्ध जापान (१–२)
१६. पोल्याण्डविरुद्ध सेनेगल (१–२)

समूह चरण (दोस्रो राउण्ड)
१७. रसियाविरुद्ध इजिप्ट (३–१)
१८.पोर्चुगलविरुद्ध मोरक्को (१–०)
१९.उरुग्वेविरुद्ध साउदी अरेबिया (१–०)
२०.स्पेनविरुद्ध इरान (१–०)
२१. डेनमार्कविरुद्ध अष्ट्रेलिया (१–१)
२२.फ्रान्सविरुद्ध पेरु (१–०)
२३. अर्जेन्टिनाविरुद्ध क्रोएसिया (०–३)
२४. ब्राजिलविरुद्ध कोस्टारिका (२–०)
२५. नाइजेरियाविरुद्ध आइसल्यान्ड (२–०)
२६. सर्वियाविरुद्ध स्वीट्जसरल्याण्ड (१–२)
२७. बेल्जियमविरुद्ध ट्युनिसिया (५–२)
२८. दक्षिण कोरियाविरुद्ध मेक्सिको (१–२)
२९. जर्मनीविरुद्ध स्वीडेन (२–१)
३०. इंग्ल्यान्डविरुद्ध पानामा (६–१)
३१. जापानविरुद्ध सेनेगल (२–२)
३२. पोल्यान्डविरुद्ध कोलम्विया (०–३)

समूह चरण (तेस्रो राउन्ड)
३३. उरुग्वेविरुद्ध रसिया (३–०)
३४. साउदी अरेबियाविरुद्ध मोरक्को (२–१)
३५. इरानविरुद्ध पोर्चुगल (१–१)
३६. स्पेनविरुद्ध मोरक्को (२–२)
३७.डेनमार्कविरुद्ध फ्रान्स (०–०)
३८.अष्ट्रेलियाविरुद्ध पेरु (०–२)
३९. नाइजेरियाविरुद्ध अर्जेन्टिना (२–१)
४०. आइसल्यान्डविरुद्ध क्रोएसिया (१–२)
४१.दक्षिण कोरियाविरुद्ध जर्मनी (२–०)
४२. मेक्सिकोविरुद्ध स्वीडेन (०–३)
४३. सर्वियाविरुद्ध ब्राजिल (०–२)
४४.स्वीट्जरल्यान्डविरुद्ध कोस्टारिका (२–२)
४५.जापानविरुद्ध पोल्यान्ड (०–१)
४६.सेनेगलविरुद्ध कोलम्विया (०–१)
४७. इंग्ल्यान्डविरुद्ध बेल्जियम (०–१)
४८. पानामाविरुद्ध ट्युनिसिया (१–२)
प्रि–क्वार्टरफाइनल
४९. फ्रान्सविरुद्ध अर्जेन्टिना (४–३)
५०. उरुग्वेपिरुद्ध पोर्चुगल (२–१)
५१. स्पेनविरुद्ध रसिया (१–१) (३–४)
५२.क्रोएसियाविरुद्ध डेनमार्क (१–१) (३–२)

गोल सङ्ख्याः १३६ गोल
पहिलो हाफः ५३ गोल
दोस्रो हाफः ८३ गोल
पेनाल्टी सुटआउटः १२ गोल
पेनाल्टी गोलः २० गोल रोनाल्डो, जेडिनाक–२ गोल, ग्रिजम्यान–२, लुका मोड्रिक, एन्ड्रियस ग्राङभिष्ट–२ गोल, सिन्जी कागवा, मोहम्मद सलाह, सासी–ट्युनिसिया, इडेन हजार्ड, कार्लाेस भेला, ह्यारी केन–२ गोल, सलमान अर फराज, करिम अन्सारीफार्ड, भिक्टर मोसेस, गिल्फी सिगुर्डसन र अर्टिम ज्युभा

पेनाल्टी मिसः ७ गोल (मेस्सी–अर्जेन्टिना) (क्रिष्टियन कुयुभा–पेरु) (गिल्फी सिगुर्डसन–आइसल्याण्ड), पाहद अल मुवालद–साउदी अरेबिया, क्रिष्टियानो रोनाल्डो–पोर्चुगल, ब्रायन रुइज–कोस्टारिका र लुका मोड्रिक–क्रोएसिया –अतिरिक्त समय)
फ्रिकिक गोलः ५ गोल (एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल, एलेक्ससान्डर कोलारोभ–सर्विया, टोनी क्रुस–जर्मनी र लुइस स्वारेज–उरुग्वे)
आत्मघाती गोलः ९ गोल (अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को), (ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया), (थियागो सियोनेक–पोल्याण्डविरुद्ध सेनेगल), (अहमेद फाथी–इजिप्टविरुद्ध रसिया), (डेनिस चेरेसेभरूसविरुद्ध उरुग्वे), यान सोम्मेर कोस्टारिकाविरुद्ध स्वीट्जरल्यान्ड, इड्सन अल्भारेज–मेक्सिकोविरुद्ध स्वीडेन, यासिनी मेरिह–पानामाविरुद्ध ट्युनिसिया, सर्जि इग्नासेभिच–रसिया
पहेलो कार्डः १७२
रातो कार्डः ३ (कार्लाेस साञ्चेज–कोलम्वियाविरुद्ध जापान) (जेरेमी बोटिङ–जर्मनीविरुद्ध स्वीडेन, दोहोरो पहेलो) र इगर स्मोलिनीकोभ रूसविरुद्ध उरुग्वे, दोहोरो पहेलो)
ह्याट्रिकः २ – (रोनाल्डो–पोर्चुगलविरुद्ध स्पेन) र ह्यारी केन–इंग्ल्यान्डविरुद्ध पानामा)
सव्सिच्युट खेलाडीको गोलः ७ गोल – (डेनिस चेरेसेभ (२), अर्टिम ज्युुभा (रसिया), मिचेयी बात्सुयायी–बेल्जियम, फिलिपे बालोए–पानामा, केइसुके होन्डा–जापान, इगो आसपास–स्पेन र सर्जियो अग्विरो–अर्जेन्टिना

सर्वाधिक गोलकर्ता
५ गोल –(ह्यारी केन–इंग्ल्यान्ड)
४ गोल –क्रिष्टियानो रोनाल्डो–पोर्चुगल र रोमेलु लुकाकु–बेल्जियम)
३ गोल– डेनिस चेरेसेभ–रसिया, डिएगो कोष्टा–स्पेन, केलियन एमबाप्पे–फ्रान्स, एडिन्सन काभानी–उरुग्वे र अर्टिम ज्युभा
२ गोल–जेडिनाक–अष्ट्रेलिया, लुका मोड्रिक–क्रोएसिया, फिलिपे कौटिन्हो–ब्राजिल, अहमेद मुसा–नाइजेरिया, इडेन हजार्ड–बेल्जियम, जोन स्टोन–इंग्ल्यान्ड, लुइस स्वारेज–उरुग्वे, मोहम्मद सलाह–इजिप्ट, ह्युङ मिन सन–दक्षिण कोरिया, आन्द्रेस ग्राङभिष्ट–स्वीडेन, यारी मिना–कोलम्विया, वाभी खाज्री–ट्युनिसिया, एन्टोनी ग्रिजम्यान–फ्रान्स र सर्जियो अग्विरो
विभिन्न देशका ७० खेलाडीले एक गोल गर्न सफल भएका छन् ।

October 13, 2024

पाकिस्तानी फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

Success

Thank you for your time.