7 years ago
July 2, 2018
नोभगोरोड (एजेन्सी) – विश्वकप अन्तिम १६ को चौथो खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुट-आउटमा ३-२ ले हराउन सफल भएको छ । नियमित र अतिरिक्त समय १-१ मा सकिएपछी खेल पेनाल्टीसम्म पुगेको हो ।
डेनमार्कले खेलको पहिलो मिनेटमै गोल गर्न सफल भएको थियो । माथियस जोर्जेन्सनले ५८ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाए जुन गोल विश्वकप इतिहासमा डेनमार्कका लागो सबैभन्दा छिटो गोल पनि थियो ।
तर, खेलमा पछि परेको २ मिनेटमै क्रोएसियाले गोल फर्काएको हो । क्रोएसियाका लागि स्ट्राइकर मारियो मान्डजुकिचले गोल गरेका थिए । क्रोएसियाको यस विश्वकपमा शतप्रतिशत नतिजा रहेको छ ।
दोस्रो हाफ र अतिरिक्त समयमा गोल हुन नसक्दा खेल पेनाल्टीतर्फ मोडिएको थियो । सुट-आउटमा क्रोएसियाका गोलकिपर सुबासिचले ३ बचाऊ गर्दै टोलीलाई जिततर्फ डोर्याएका हुन् ।
क्रोएसिया समूह ‘डी’को समूह विजेताका रुपमा अन्तिम १६ मा छनोट भएको थियो भने डेनमार्क समूह ‘सी’ को उपविजेता हुन सफल भएको हो । यस अघि उरुग्वे, फ्रान्स र रुस अन्तिम ८ मा प्रवेश गरिसकेका छन् भने पोर्चुगल, अर्जेन्टिना र स्पेन बाहिरिएका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]