default_image

7 years ago

July 2, 2018

इनियस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

60 views

0 Bookmark

मस्को (एजेन्सी)- स्पेनका महान खेलाडी आन्द्रे इनियस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आयोजक रसियासँग विश्व कपको प्रि क्वार्टरफाइनलमा आइतबार स्पेन टाइब्रेकरमा ४–३ ले पराजित भएको केहि समयपछि इनियस्टाले सन्यासको घोषणा गरेका हुन्

कप्तान समेत रहेका इनियस्टालाई रसियाविरुद्ध दोस्रो हाफमा मात्र मैदानमा उतारिएको थियो । विश्व कप अघि नै ३४ वर्षे इनियस्टाको यो अन्तिम विश्व कपका रुपमा हेरिएको थियो । विश्व कपबाट स्पेन बाहिरिएसँग उनले पनि अन्तर्राष्ट्रिय फुटबल अलग हुने निर्णय लिएका छन् ।

‘राष्ट्रिय टोलीका लागि यो मेरो अन्तिम खेल थियो । यो ठूलो मेलामा हाम्रो यात्रा टुंगिएको छ, ‘उनले भने, ‘तर यो ठूलो अवसरमा चाहेजस्तो गर्न सकेनौं ।’ उनले दुई दशक भन्दा लामो समय बिताएको बार्सिलोना छाडेर यहि सिजन जापानिज क्लबमा आबद्ध भएका थिए । सन् २००८ र २०१२ को युरोकप तथा २०१० को विश्वकप जित्दा इनियस्टाले महत्वपूर्ण प्रदर्शन गरेका थिए ।

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.