6 years ago
July 2, 2018
नोभगोरोड (एजेन्सी) – विश्वकप अन्तिम १६ को चौथो खेलको पहिलो हाफमा डेनमार्क र क्रोएसियाले १-१ को बराबरी खेलेका छन् ।
डेनमार्कले खेलको पहिलो मिनेटमै गोल गर्न सफल भएको थियो । माथियस जोर्जेन्सनले ५८ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाए जुन गोल विश्वकप इतिहासमा डेनमार्कका लागो सबैभन्दा छिटो गोल पनि थियो ।
तर, खेलमा पछि परेको २ मिनेटमै क्रोएसियाले गोल फर्काएको हो । क्रोएसियाका लागि स्ट्राइकर मारियो मान्डजुकिचले गोल गरेका थिए । क्रोएसियाको यस विश्वकपमा शतप्रतिशत नतिजा रहेको छ । क्रोएसिया समूह ‘डी’को समूह विजेताका रुपमा अन्तिम १६ मा छनोट भएको थियो भने डेनमार्क समूह ‘सी’ को उपविजेता हुन सफल भएको हो ।
यस अघि उरुग्वे, फ्रान्स र रुस अन्तिम ८ मा प्रवेश गरिसकेका छन् भने पोर्चुगल, अर्जेन्टिना र स्पेन बाहिरिएका छन् ।
September 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिग,मा अपराजित विभागीय टोली नेपाल पुलिस क्लबले शनिवार वालिङ नगरपालिकासँग खेल्दैछ । लिगमा शनिवार हुने दोस्रो खेलमा पुलिस र वालिङ खेल्दैछन् । दशरथ रंगशालामा खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । पुलिस र वालिङको समान ६ खेलमा समान १२ अंक छ । गोलअन्तरले। पुलिस तेस्रो र वालिङ चौथो स्थानमा […]
September 21, 2024
एजेन्सी – साउदी प्रो लिगमा अल नासरले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । चौथो खेलमा दोस्रो जित निकाल्नेक्रममा नासरले शुक्रवार अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गर्यो । नासरलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, एन्डसन टलिस्का र सलिम अलनाज्दिले समान १ गोल गरे । नासरका लागि रोनाल्डोले ३३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । […]
September 20, 2024
सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]