default_image

7 years ago

July 1, 2018

मोरङ र ब्रिगेड ब्वाइज सेमिफाइनलमा

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मोफसलको हाइलाइफ मोरङ फुटबल क्लब र राजधानीको ब्रिगेड ब्वाइज क्लब राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको पहिलो क्वार्टर फाइनलमा मोरङ फुटबल क्लबले च्यासल युथ क्लबमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो । मोरङको जितमा आशिष चौधरीले दुवै गोल गरे । च्यासलका रोसन भुजेलले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा तीन गोल दोस्रो हाफमा सम्भव भएको हो । आशिष चौधरीले ७३ औं मिनेटमा गोल गर्दै मोरङलाई अग्रता दिलाएका थिए । उनैले ८१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ८९ औं मिनेटमा च्यासलका रोशन भुजेलले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि त्यो निकै ढिला भैसकेको थियो ।

आइतबारै भएको अर्काे खेलमा ब्रिगेड ब्वाइजले मोफसलको रमपम झापा–११ माथि २–१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो । ब्रिगेडको जितमा रजत तिवारीले दुइृ गोल गरे । झापाका डोजाङ लिङ्देनले एक गोल गरे । ब्रिगेड ब्वाइजले १ गोलले पछि परेको स्थिति उल्ट्याएर झापामाथि जित निकालेको हो ।

डोजाङ लिङ्देनले खेलको सातौ मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । १४ औं मिनेटमा रजतले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएके थियो । ६८ औं मिनेटमा रजतले गोल गर्दै टिमलाई अन्तिम चारमा पुर्‍याए ।

प्रतियोगिता अन्र्तगत सोमबार त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच दिनको १ बजे पहिलो क्वार्टरफाइनल खेल हुनेछ । अपरान्ह ४ बजे फ्रेन्डस क्लब र लुम्बिनी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ ।

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.