default_image

6 years ago

July 1, 2018

रसिया विश्वकप : अहिले सम्म ५० खेल र १ सय ३२ गोल

49 views

0 Bookmark

मस्को (एजेन्सी) – रसियामा जारी विश्वकप फुटबलबाट उपाधि दाबेदारका रुपमा हेरिएको अर्जेन्टिना र युरोपियन च्याम्पियन पोर्चुगल प्रि–क्वार्टरफाइनल बाहिरिएका छन् । अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सी त उच्च गोलकर्ताको दौडमा थिएनन् । तर, पोर्चुगल यात्रा टुंगिएसँगै उच्च गोलकर्ताको दौडबाट सुपर स्टार क्रिस्टियानो रोनाल्डो बाहिरिएका छन् । रोनाल्डो ४ गोलसहित संयुक्त रुपमा उच्च गोलकर्ताको दोस्रो स्थानमा छन् । इङ्ल्यान्डका ह्यारी केन ५ गोलसहित शीर्षस्थानमा छन् । 

उपाधि दाबेदारका रुपमा हेरिएको फ्रान्सका युवा स्ट्राइकर केलियन बाप्पे र उरुग्वेका इडिन्सन काभानी भने उच्च गोलकर्ताको दौडमा देखिएका छन् । बाप्पे र काभानी दुवैको समान ३ गोल पुगेको छ ।  दुवैले आ आफ्नो टोलीलाई अघि बढाउन प्रि क्वार्टरफाइनलमा समान २ गोल गरेका थिए । अर्जेन्टिनाले फ्रान्सको चुनौति ४–३ ले समाप्त पारेको थियो भने उरुग्वेले पोर्चुगललाई २–१ ले हराएको थियो ।

प्रिक्वार्टरका दुई खेलसम्म आइपुग्दा रसिया विश्व कपका ५० खेल सकिएका छन् । यी खेलमा १ सय ३२ गोल भएका छन् । यो विश्व कपमा अब १४ खेल बाँकी छन् । आज हुने अन्तिम १६ को खेलमा स्पेन र रसियाले साँझ ७ः४५ बजे र क्रोएसिया र डेनमार्कले राति ११ः४५ बजे प्रतिस्पर्धा गर्नेछ ।

रसिया विश्व कपमा अहिले सम्मको तथ्याङ्क

खेल सङ्ख्याः ५०
समूह चरण (पहिलो राउण्ड)
१.रसियाविरुद्ध साउदी अरेबिया (५–०)
२.इजिप्टविरुद्ध उरुग्वे (०–१)
३.मोरक्कोविरुद्ध इरान (०–१)
४.पोर्चुगलविरुद्ध स्पेन (३–३)
५.फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
६.अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
७. पेरुविरुद्ध डेनमार्क (०–१)
८.क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
९.कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
१०. जर्मनीविरुद्ध मेक्सिको (०–१)
११. ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
१२. स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
१३. बेल्जियमविरुद्ध पानामा (३–०)
१४. ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)
१५.कोलम्वियाविरुद्ध जापान (१–२)
१६. पोल्याण्डविरुद्ध सेनेगल (१–२)

समूह चरण (दोस्रो राउण्ड)
१७. रसियाविरुद्ध इजिप्ट (३–१)
१८.पोर्चुगलविरुद्ध मोरक्को (१–०)
१९.उरुग्वेविरुद्ध साउदी अरेबिया (१–०)
२०.स्पेनविरुद्ध इरान (१–०)
२१. डेनमार्कविरुद्ध अष्ट्रेलिया (१–१)
२२.फ्रान्सविरुद्ध पेरु (१–०)
२३. अर्जेन्टिनाविरुद्ध क्रोएसिया (०–३)
२४. ब्राजिलविरुद्ध कोस्टारिका (२–०)
२५. नाइजेरियाविरुद्ध आइसल्यान्ड (२–०)
२६. सर्वियाविरुद्ध स्वीट्जसरल्याण्ड (१–२)
२७. बेल्जियमविरुद्ध ट्युनिसिया (५–२)
२८. दक्षिण कोरियाविरुद्ध मेक्सिको (१–२)
२९. जर्मनीविरुद्ध स्वीडेन (२–१)
३०. इंग्ल्यान्डविरुद्ध पानामा (६–१)
३१. जापानविरुद्ध सेनेगल (२–२)
३२. पोल्यान्डविरुद्ध कोलम्विया (०–३)

समूह चरण (तेस्रो राउन्ड)
३३. उरुग्वेविरुद्ध रसिया (३–०)
३४. साउदी अरेबियाविरुद्ध मोरक्को (२–१)
३५. इरानविरुद्ध पोर्चुगल (१–१)
३६. स्पेनविरुद्ध मोरक्को (२–२)
३७.डेनमार्कविरुद्ध फ्रान्स (०–०)
३८.अष्ट्रेलियाविरुद्ध पेरु (०–२)
३९. नाइजेरियाविरुद्ध अर्जेन्टिना (२–१)
४०. आइसल्यान्डविरुद्ध क्रोएसिया (१–२)
४१.दक्षिण कोरियाविरुद्ध जर्मनी (२–०)
४२. मेक्सिकोविरुद्ध स्वीडेन (०–३)
४३. सर्वियाविरुद्ध ब्राजिल (०–२)
४४.स्वीट्जरल्यान्डविरुद्ध कोस्टारिका (२–२)
४५.जापानविरुद्ध पोल्यान्ड (०–१)
४६.सेनेगलविरुद्ध कोलम्विया (०–१)
४७. इंग्ल्यान्डविरुद्ध बेल्जियम (०–१)
४८. पानामाविरुद्ध ट्युनिसिया (१–२)
प्रि–क्वार्टरफाइनल
४९. फ्रान्सविरुद्ध अर्जेन्टिना (४–३)
५०. उरुग्वेपिरुद्ध पोर्चुगल (२–१)

गोल सङ्ख्याः १३२ गोल
पहिलो हाफः ४९ गोल
दोस्रो हाफः ८३ गोल
पेनाल्टी गोलः १९ गोल रोनाल्डो, जेडिनाक–२ गोल, ग्रिजम्यान–२, लुका मोड्रिक, एन्ड्रियस ग्राङभिष्ट २–स्वीडेन, सिन्जी कागवा–जापान, मोहम्मद सलाह–इजिप्ट, सासी–ट्युनिसिया, इडेन हजार्ड–बेल्जियम, कार्लाेस भेला–मेक्सिको, ह्यारी केन २ गोल–इंग्ल्यान्ड, सलमान अर फराज–साउदी अरेविया र करिम अन्सारीफार्ड–इरान, भिक्टर मोसेस–नाइजेरिया र गिल्फी सिगुर्डसन–आइसल्याण्ड

पेनाल्टी मिसः ६ गोल (मेस्सी–अर्जेन्टिना) (क्रिष्टियन कुयुभा–पेरु) (गिल्फी सिगुर्डसन–आइसल्याण्ड), पाहद अल मुवालद–साउदी अरेबिया, क्रिष्टियानो रोनाल्डो–पोर्चुगल र ब्रायन रुइज–कोस्टारिका
फ्रिकिक गोलः ५ गोल (एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल, एलेक्ससान्डर कोलारोभ–सर्विया, टोनी क्रुस–जर्मनी र लुइस स्वारेज–उरुग्वे)
आत्मघाती गोलः ८ गोल (अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को), (ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया), (थियागो सियोनेक–पोल्याण्डविरुद्ध सेनेगल), (अहमेद फाथी–इजिप्टविरुद्ध रसिया), (डेनिस चेरेसेभरूसविरुद्ध उरुग्वे), यान सोम्मेर कोस्टारिकाविरुद्ध स्वीट्जरल्यान्ड, इड्सन अल्भारेज–मेक्सिकोविरुद्ध स्वीडेन र यासिनी मेरिह–पानामाविरुद्ध ट्युनिसिया
पहेलो कार्डः १६८
रातो कार्डः ३ (कार्लाेस साञ्चेज–कोलम्वियाविरुद्ध जापान) (जेरेमी बोटिङ–जर्मनीविरुद्ध स्वीडेन, दोहोरो पहेलो) र इगर स्मोलिनीकोभ रूसविरुद्ध उरुग्वे, दोहोरो पहेलो)
ह्याट्रिकः २ – (रोनाल्डो–पोर्चुगलविरुद्ध स्पेन) र ह्यारी केन–इंग्ल्यान्डविरुद्ध पानामा)
सव्सिच्युट खेलाडीको गोलः ७ गोल – (डेनिस चेरेसेभ (२), अर्टिम ज्युुभा (रसिया), मिचेयी बात्सुयायी–बेल्जियम, फिलिपे बालोए–पानामा, केइसुके होन्डा–जापान, इगो आसपास–स्पेन र सर्जियो अग्विरो–अर्जेन्टिना

सर्वाधिक गोलकर्ता
५ गोल –(ह्यारी केन–इंग्ल्यान्ड)
४ गोल –क्रिष्टियानो रोनाल्डो–पोर्चुगल र रोमेलु लुकाकु–बेल्जियम)
३ गोल– डेनिस चेरेसेभ–रसिया, डिएगो कोष्टा–स्पेन, केलियन एमबाप्पे–फ्रान्स र एडिन्सन काभानी–उरुग्वे
२ गोल– अर्टिम ज्युुभा–रसिया, जेडिनाक–अष्ट्रेलिया, लुका मोड्रिक–क्रोएसिया, फिलिपे कौटिन्हो–ब्राजिल, अहमेद मुसा–नाइजेरिया, इडेन हजार्ड–बेल्जियम, जोन स्टोन–इंग्ल्यान्ड, लुइस स्वारेज–उरुग्वे, मोहम्मद सलाह–इजिप्ट, ह्युङ मिन सन–दक्षिण कोरिया, आन्द्रेस ग्राङभिष्ट–स्वीडेन, यारी मिना–कोलम्विया, वाभी खाज्री–ट्युनिसिया, एन्टोनी ग्रिजम्यान–फ्रान्स र सर्जियो अग्विरो
विभिन्न देशका ६८ खेलाडीले एक गोल गर्न सफल भएका छन् ।

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

Success

Thank you for your time.