7 years ago
June 30, 2018
मस्को (एजेन्सी) – फ्रान्सका युवा स्टार केलियन एमबाप्पेले ६० वर्षअघि ब्राजिलका पेलेले विश्व कपमा राखेको कम उमेरमा २ गोल गर्ने कीर्तिमानसँग बराबरी गरेका छन् । रसिया विश्वकपअन्र्तगत अर्जेन्टिनाविरुद्धको प्रि क्वार्टरफाइनल खेलमा २ गोल गरेसँगै एमबाप्पेले ६० वर्षअघि (सन् १९५८) मा पेलेले राखेको कीर्तिमानलाई बराबरी गरेका हुन् ।
खेल फ्रान्सले ४–३ ले जित्न सफल भएको थियो । यसै विश्वकपमा फ्रान्सबाट विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका एमबाप्पेले विश्व कपको एकै खेलमा २ गोल गर्दै कम उमेरमा गोल गर्ने पेलेको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
समूह चरणमा पेरुविरुद्धको खेलमा गोल गर्दै एमबाप्पे ठुला प्रतियोगितामा गोल गर्ने फ्रान्सका र यो विश्वकपमा कान्छा खेलाडी बनेका थिए । ब्राजिलका पेलेले १७ वर्षको उमेरमा १९५८ को विश्वकपको फाइनलमा स्वीडेनविरुद्धको खेलमा दुई गोल गरेका थिए ।
त्यसयता एकै खेलमा २ गोल गर्ने एमबाप्पे १९ वर्षका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का उनलाई भविष्यको स्टार खेलाडीको रुपमा हेरिएको छ । विश्वकपमा एमबाप्पेले तीन गोल पु¥याएका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]