default_image

6 years ago

June 30, 2018

४-३ जितसंगै फ्रान्स अन्तिम ८ मा, अर्जेन्टिना बाहिरियो

49 views

0 Bookmark

काजान (एजेन्सी) – विश्वकप २०१८ अन्तिम १६ को पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराएको छ । फ्रान्सको जितमा युवा खेलाडी किलियन एम्बाप्पेले दुई गोल गरे ।

खेलको १२ औं मिनेटमा किलियन एम्बाप्पेले डि-एरियामा पेनाल्टी जितेका थिए । सो पेनाल्टीमा एन्टोइन ग्रिजम्यान चुकेनन् र फ्रान्सलाई १-० को अग्रता दिलाए । ग्रिजम्यानले त्यसअघि फ्रि-किक मार्फत पोस्टमा पनि प्रहार गरेका थिए । तर एन्जल डि मारियाको बक्स बाहिरबाट गरिएको सुन्दर प्रहारमार्फत अर्जेन्टिना खेलमा फर्केको हो ।

पहिलो हाफ १-१ को स्कोरमा सकियो भने दोस्रो हाफ झनै रोमाञ्चक भयो । लियोनल मेस्सीको प्रहार मेर्काडोको खुट्टामा डिफ्लेक्ट हुंदै गोल परिणत भएपछि अर्जेन्टिनाले खेलमा पहिलो पटक अग्रता लिएको थियो । तर बेन्जामिन पाभार्डको आकर्षक ‘भलि’ गोलमा फ्रान्सले स्कोर २-२ बनाउन सफल भयो ।

त्यस्तै खेलको ६४ औं र ६८ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै खेल अर्जेन्टिनाको पहुंचबाट टाढा पुर्‍याएका थिए । इन्जुरी समयको तेस्रो मिनेटमा परिवर्तित खेलाडी सर्जियो अगुएरोले अर्जेन्टिनाका लागि गोल गरे पनि सो पर्याप्त हुन सकेन ।

यस जितसंगै फ्रान्स प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । फ्रान्स समूह ‘सी’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो । समूह ‘डी’ मा उपविजेता बनेको लियोनल मेस्सी सम्मिलित अर्जेन्टिना भने घर फर्किन बाध्य भएको छ ।

September 21, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिगमा अल नासरले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । चौथो खेलमा दोस्रो जित निकाल्नेक्रममा नासरले शुक्रवार अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गर्यो । नासरलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, एन्डसन टलिस्का र सलिम अलनाज्दिले समान १ गोल गरे । नासरका लागि रोनाल्डोले ३३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । […]

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

Success

Thank you for your time.