default_image

7 years ago

June 30, 2018

फ्रान्स र अर्जेन्टिनाको पहिलो हाफ १-१

66 views

0 Bookmark

काजान (एजेन्सी) – विश्वकप २०१८ को अन्तिम १६ को पहिलो खेलको पहिलो हाफमा अर्जेन्टिना र फ्रान्सले १-१ को बराबरी खेलेका छन् ।

खेलको १२ औं मिनेटमा किलियन एम्बाप्पेले डि-एरियामा पेनाल्टी जितेका थिए । सो पेनाल्टीमा एन्टोइन ग्रिजम्यान चुकेनन् र फ्रान्सलाई १-० को अग्रता दिलाए । ग्रिजम्यानले त्यसअघि फ्रि-किक मार्फत पोस्टमा पनि प्रहार गरेका थिए ।

तर एन्जल डि मारियाको बक्स बाहिरबाट गरिएको सुन्दर प्रहारमार्फत अर्जेन्टिना खेलमा फर्केको हो । अर्जेन्टिनाले बढी पोजेसन राख्न सफल भएको छ भने फ्रान्स काउन्टर अट्याकको शैली अप्नाइरहेको छ ।

फ्रान्स समूह ‘सी’ को विजेता हुंदै अन्तिम १६ मा प्रवेश गरेको हो भने अर्जेन्टिना समूह ‘डी’ को उपविजेता हुन सफल भएको हो ।

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.