7 years ago
June 30, 2018
काजान (एजेन्सी)– अर्जेन्टिनाका एन्जल डि मारिया टोलीका सुपर स्टार लियोन मेस्सी अरु खेलाडी भन्दा फरक मान्छन् । मेस्सी, मारिया सम्मिलित टोलीले आज विश्व कप प्रि क्वार्टरफाइनलमा फ्रान्सको सामना गर्दैछ । मेस्सीले कसरी आफ्नो खेलमा स्तरीयता ल्याउँदै गएको भन्ने अनुभव पनि मारियाले खुलाएका छन् ।
‘सन् २००८ को ओलम्पिकले खेल पुरै जीवनमा परिवर्तन ल्यायो । मैले बेन्फिकाबाट खेल्न सुरु गरेको पनि थिइन । अर्जेन्टिना टोलीमा मलाई बोलाइयो,’ उनले भने, म त्यो कहिल्यै बिर्सिन्न । त्यहि प्रतियोगिताले मलाई प्रतिभावान मेस्सीसँग खेल्ने मौका थियो । मैले अहिले सम्म खेलेको मध्ये त्यति बेला सबैभन्दा आनन्द महसुस गरेको थिए ।’
उनले आफ्नो र मेस्सीका बारेमा सुनाए, ‘म खाली ठाँउ निकाल्ने कोशिस गर्दै दौडन्थे । जति बेला म दौडन्थे । जादु जस्तै बल मेरो खुट्टामा आउथ्यो । मेस्सीको त्यति नै दायाँ बायाँ हेर्थे जति हामीले हेर्छौ । तर उनीसँग बेग्लै क्षमता पनि छ । उनी तिर देख्न सक्छन् । एउटा चराले जस्तो । त्यो कसरी सम्भव छ , मलाई थाहा छैन ।’
लियोन मेस्सीले पहिलो गोल गरेको खेलमा नाइजेरियालाई २–१ ले हराउँदै अर्जेन्टिना विश्व कपको नकआउट चरणमा पुगेको थियो । त्यसअघि टोली पहिलो खेलमा आइसल्यान्डसँग बराबरीमा रोकिएको थियो भने क्रोएसियासँग ३–० ले पराजित भएको थियो ।
अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीले आज मेस्सीसँग मारियालाई फ्रान्सको रक्षापक्ति तोड्ने जिम्मा दिएका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]