default_image

7 years ago

June 30, 2018

ब्राजिलियन टोलीको अभ्यासमा नेयमारका छोरा विशेष अतिथि

75 views

0 Bookmark

सोची (एजेन्सी)– पाँच पटकको विश्व कप विजेता ब्राजिलले प्रि क्वार्टरफाइनलमा सोमबार मेक्सिकोको सामना गर्दैछ । टोलीले त्यसका लागि शुक्रबार अभ्यास गरेको छ । ब्राजिलियन टोलीको अभ्यास चलिरहँदा त्यहाँ मुख्य आकर्षण र विशेष अतिथि थिए सुपर स्टार नेयमारका छोरा डेभिड लुका डा सिल्भा साान्तोष ।

नेयमार टोलीसँग अभ्यास गरिरहँदा उनका छोरा बाबुको अभ्यास हेरिरहेका थिए । छोरा  साान्तोषको उपस्थितिले नेयमार पनि रमाइरहेका थिए । सान्तोषले धर्यतापूर्वक बाबुको खेल कौशल नियाली रहेका थिए ।

अभ्यासको विश्रामका समयमा भने नेयमार छोरालाई हेर्न गइरहन्थे । अगस्टमा सातौं वर्षमा लाग्ने सान्तोष ब्राजिलिय टोली रसिया विश्व कपको अवे जर्सीमा थिए । समूह चरणको विजेताका रुपमा ब्राजिल अन्तिम १६ मा पुगेको थियो । पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको टोलीले अर्को दुई खेलमा कोस्टा रिका र सर्बियालाई समान २–० ले हराएको थियो ।

यद्दपी लामो समयपछि विश्व कपको केहि अघि मात्र मैदान फर्केका नेयमार अझै आफ्नो लयमा देखिन सकेका छ्रैनन् । इङ्ल्यान्डका ह्यारी केन, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, बेल्जियमका रोमेलु लुकाकु जस्तो फर्ममा नेयमार अझै देखिएका छैनन् । नेयमारले समूह चरणमा कोस्टा रियकाविरुद्ध एक गोल गरेका थिए । जबकी केनले ५ तथा रोनाल्डो र लुकाकुले समान ४ गोल गरिसकेको छन् ।

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.