default_image

7 years ago

June 30, 2018

‘रोनाल्डोसँगको प्रतिस्पर्धा ला लिगामा मात्र हो’-स्वारेज

60 views

0 Bookmark

मस्को (एजेन्सी)– ला लिगामा बार्सिलोना र रियल म्याड्रिड खेल्दा मात्र क्रिस्टियानो रोनाल्डो प्रतिद्वन्द्वीका रुपमा लिएको लुइस स्वारेजले बताएका छन् । रोनाल्डोको पोर्चुगलले स्वारेज सम्मिलित उरुग्वेसँग शनिबार राती विश्व कपको प्रि क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछ । बार्सिलोनाका स्वारेजले रियलका फरवार्ड रोनाल्डोसँग व्यक्तिगत लडाई केहि नरहेको पनि प्रष्ट पारेका छन् ।

‘रोनाल्डोसँगको प्रतिस्पर्धा भनेको क्लबमा मात्र सिमित छ । त्यो फरक विषय हो,’ स्वारेजले भने,’ यो विश्व कप हो । यहाँ सबैले आफ्नो टोलीलाई जिताउने प्रयास गर्नेछन् । यसलाई सबैले स्वीकार गर्नुपर्दछ । सबैले नकआउट चरण जित्नका लागि सक्दो प्रयास गर्नेछौं ।’

विश्व कप समूह चरणको सुरुवाती दुई खेलमा रोनाल्डोले ४ गोल गरेका थिए । उरुग्वे त्यस्तो एक मात्र टोली हो जसले समूह चरणमा एउटा पनि गोल खाएन । समूह चरणमा उरुग्वेले रसिया, साउदी अरेबिया र इजिप्टसँग प्रतिस्पर्धा गरेको थियो ।

उरुग्वेका प्रशिक्षक ओस्कार टाबरेजले पनि रोनाल्डोको खुलेर प्रशंसा गरेका छन् । यद्दपी उनले पोर्चुगलले उच्च प्रदर्शन गर्नुमा सामुहिक प्रदर्शनकै कारण सम्भव भएको बताएका छन् ।

‘रोनाल्डो विश्वका उत्कृष्ट फरवार्ड मध्ये एक हुन् । उनी क्षमतावान खेलाडी हुन् । उनी टोलीका नेतृत्वकर्ता हुन्,’ प्रशिक्षक टाबरेजले भने, ‘एउटा खेलाडीलेमात्र केहि गर्ने होइन । तर उनी हुनु टोलीका लागि विशेष फाइदा हो ।’

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.