7 years ago
June 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मोफसलको रमपम झापा–११ र ललितपुरको च्यासल युथ क्लब राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्र्तगत आज भएको खेलमा झापाले एपिएफलाई तथा च्यासलले संकटालाई समान ३–० को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । झापा समूह विजेता तथा च्यासल समूह उपविजेताको रुपमा अघि बढेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा झापालाई सहज जित दिलाउन सन्तोष दाहालले ११ औं मिनेट, एलोन राईले ५८ औं मिनेट र रोमन भुजेलले ६५ औं मिनेटमा गोल गरे । एपिएफले झापाविरुद्ध पनि राम्रो खेल्न सकेन ।
श्ुक्रबारै भएको अर्काे खेलमा च्यासल युथ क्लबले संकटालाई ३–० ले पराजित गर्द शेरभ तामाङले दुई तथा अनिश कार्कीले एक गोल गरे । च्यासलले खेलको ९ औ मिनेटमा अनिष कार्कीको गोलमार्फत अग्रता लिएको थियो । ३९ औ मिनेटमा शेषभ तामाङले गोल गर्दै च्यासललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ५० औँ मिनेटमा शेरभले आफ्नो ब्यक्तिगत दोस्रो गोल गर्दै च्यासलको जित सुनिश्चित गरे ।
क्वार्टरफाइनलका खेलहरु आइतबारबाट शुरु हुनेछ । क्वार्टरफाइनलमा मोरङले च्यासल, झापाले ब्रिगेड ब्वाइज, आर्मीले हिमालयन शेर्पा र फ्रेन्डस्ले लुम्बिनीको सामना गर्नेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]