7 years ago
June 29, 2018
”iमस्को (एजेन्सी)– यदि पोर्चुगलले जुलाई १५ मा हुने विश्व कप फाइनल जित्ने आशा गर्ने हो भने त्यसका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले उच्च प्रदर्शन गर्नु अनिवार्य गरेको हुनुपर्दछ । कम्तीमा समूह चरणका तीन खेलले त्यहि देखाएको छ ।
रोनाल्डाले समूह चरणका सुरुवाती २ गोलमा टोलीका लागि ४ गोल गरेका थिए । ३ खेल १ मा जित र २ मा बराबरी गर्दै टोली नकआउट चरणमा पुगेको थियो । नकआउट चरणमा शनिबार पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । खेल राती ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि अर्जेन्टिना र फ्रान्सले एकअर्काको सामना गर्नेछन् ।
समूह चरणको समाप्ती र नयाँ यात्राको थालनीका लागि अभ्यासका दौरान शुक्रबार रोनाल्डो निकै सहज र खुसी देखिएका छन् । मुस्कान, हासो र खुसीका साथ पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डोले अन्य खेलाडीसँग अभ्यासको समय विताए । यद्दपी समूह चरणको अन्तिम खेलमा भने रोनाल्डोले केहि आलोचना खेप्नु पर्यो ।
रोनाल्डोले इरानविरुद्ध प्राप्त पेनाल्टीमा गोल गर्न सकेनन् र पोर्चुगलले जित्न सक्ने खेलमा बराबरीमा चित्त बुझाउनु पर्यो । यद्दपी समूह विजेता बनेको भए टोलीले आयोजक रसियासँग प्रिक्वार्टरफाइनल खेल्ने थियो ।
अब रोनाल्डोको टोलीले लुइस स्वारेज र इन्डिसन काभानीको टोलीको सामना गर्नुपर्नेछ ।तर पनि फर्नान्डो सान्तोषको पोर्चुगलले अघि बढ्नेमा आशावादी छ । टोलीका सदस्य केड्रिक सोरेसले रोनाल्डो उरुग्वेविरुद्ध चम्कनेमा आशावादी छन् ।
‘उनीहरुसँग हामीसँग जस्तै राम्रा खेलाडी छन् । तर हामीसँग विश्वकै उत्कृष्ट खेलाडी छन्, सोरेसले भने, हामी उनीहरुको अध्ययन गर्नेछौं । उनीहरु बलियो टोली हुन् । तर हामीसँग पनि त्यत्तिकै स्तरीय खेलाडी छन् र हामी खेल जित्नका लागि पुरा प्रयास गर्नेछौं । ’
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]