7 years ago
June 29, 2018
लनइनग्राड (एजेन्सी) – इङल्यान्डलाई १–० ले हराउँदै बेल्जियम समूह ‘जी’को विजेता बनेको छ । एडनन् यनुजाइकोले ५१ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेपछि बेल्जियम समूह चरणमा शतप्रतिशत नजिता निकाल्न सफल भएको हो । उनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए ।
समूह विजेताको छिनोफानोका रुपमा रहेको खेलमा दुवै टोलीले पहिलो रोजाइमा व्यापक परिवर्तन गरेका थिए । समूह विजेता बेल्जियमले अब प्रिक्वार्टरफाइनलमा जापानसँग र उपविजेता इङ्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ । समूह ‘एच’बाट कोलम्बिया समूह विजेता र जापान उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका थिए ।
समूह ‘जी’कै अर्को अर्थहिन खेलमा ट्युनेसियाले पानामालाई २–१ ले हराएको थियो । पहिलो हाफमा आत्मघाती गोलबाट पछि परेको ट्युनेसियाले दोस्रो हाफमा खेल उल्टाएको थियो । ३३ औं मिनेटमा यासि मेरिहको आत्मघाती गोलमा पानामाले खेलमा अग्रता लिएको थियो ।
५१ औं मिनेटमा फक्रिदिने बेन युसुफलेले बराबरी गोल गरेका थिए । ६६ औं मिनेटमा वाहेबी खाजरीले गोल गर्दै ट्युनिसियालाई अग्रता दिलाएका थिए । पानामा र ट्युनेसिया यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
यसअघि बेल्जियमले पानामालाई ३–० र ट्युनिसियालाई ५–२ ले हराएको थियो । ट्युनेसियालाई २–१ ले हराएको इङ्ल्यान्डले पानामालाई ६–१ ले हराएको थियो । समूह चरणको समाप्तीमा बेल्जियमको ९, इङ्ल्यान्डको ६, ट्युनेसियाको ३ अंक रह्यो भने पानामाले अंक जोड्न सकेन ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]