7 years ago
June 29, 2018
कलिनइनग्राड (एजेन्सी) – विश्व कपको समूह जीमा इङ्ल्यान्ड र बेल्जियमबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । समान २ खेल जित्दै यसअघि नै अन्तिम १६ मा पुगिसकेका दुई टोलीले एक अर्काको सामना गर्दा भने अघिल्लो खेलमा भन्दा खेलाडीमा व्यापक परिवर्तन गरेको छ ।
दुवै टोलीले अघिल्ला २ खेलमा ८ गोल गरेर २ गोलको सामना गर्दै समान ६ अंक जोडेका छन् । फेयर प्लेका आधारमा इङ्ल्यान्ड समूहको शीर्षस्थानमा छ भने बेल्जियम दोस्रो स्थानमा छ । बराबरीमा खेल टुंगिएको अवस्थामा इङ्ल्यान्ड समूह विजेता र बेल्जियम उपविजेता बन्नेछ । यो समूहको विजेता समूह एचको उपविजेता जापानसँग र जीको उपविजेताले एचको विजेता कोलम्बियाको सामना गर्नेछ ।
समूह जीकै अर्को अर्थहिन खेलको पहिलो हाफको समाप्तीमा पानामाले ट्युनेसियामाथि १–० को अग्रता लिएको छ । ३३ औं मिनेटमा यासि मेरिहको आत्मघाती गोलमा पानामाले खेलमा अग्रता लिएको थियो । पानामा र ट्युनेसिया यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]