7 years ago
June 28, 2018
भोल्गोग्राड (एजेन्सी) – विश्व कपको समूह ‘एच’ का अन्तिम अलग अलग दुई खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । एसियाली राष्ट्र जापान र पोल्यान्डबीच एउटा खेल भइरहेको छ भने अर्को खेलमा कोलम्बियाले सेनेगलको सामना गरिरहेको छ ।
दुवै खेल अहिलेकै अवस्था गोलरहित बराबरीमा टुंगिएमा जापान र सेनेगल अन्तिम १६ मा प्रवेश गर्नेछन् । जापान अघिल्लो चरण पुग्न सफल भएमा जारी विश्व कपको नकआउट चरण पुग्ने जापान एक्लो टोली हुनेछ । त्यो अवस्थामा कोलम्बिया विश्व कपबाट बाहिरिनेछ ।
पोल्यान्ड भने सुरुवाती दुई खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरि सकेको छ । समूह चरणका २ खेलको समाप्तीमा शीर्षस्थानको जापान र दोस्रो स्थानको सेनेगलको समान ४ र कोलम्बियाको ३ अंक छ । पोल्यान्ड २ खेलमा अंक विहिन छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]