6 years ago
June 29, 2018
मेस्को (एजेन्सी)– ब्राजिलयन प्ले मेकर फिलिप्पे काउटिन्होले विश्व कपमा महान खेलाडी पेलेले बनाएको कीर्तिमानलाई बराबरी गरेका छन् । रसिया जारी विश्व कपमा ब्राजिलका लागि सबैभन्दा प्रभावशाली प्रदर्शन गरिरहेका काउटिन्हाले सर्बियाविरुद्धको समूह चरणको अन्तिम खेलमा आफ्नो जादु देखाएका थिए ।
उनको पासमा पहिलो गोल भएको खेल ब्राजिलले २–० ले जित्यो र आफ्नो समूहमा शीर्षस्थान रहँदै नकआउट चरणमा प्रवेश गर्यो । पेलले सन् १९५८ को विश्व कपका सुरुवाती ३ खेलमा २ गोल र १ असिस्ट गरेको कीर्तिमानसँग काउटिन्होले बराबरी गरेका हुन् ।
पेले पछि ब्राजिलका लागि यस्तो सफलता हासिल गर्ने काउन्टिहो पहिलो खेलाडी हुन् । ब्राजिलले कोस्टा रिकालाई २–० ले हराउँदा काउन्टिहोले पहिलो गोल गरेका थिए । अर्को गोल नेयमारले गरेका थिए । समूह चरणमा स्विट्जरल्यान्डविरुद्ध ११ को बराबरीमा पनि कोउटिन्होले गोल गरेका थिए । ब्राजिलियन सहकर्मी पाउलिन्होले काउटिन्होको प्रशंसा गरेका छन् ।
‘म खाली ठाँउ खोजिरहेको थिए । त्यसैको बीचमा पहिलो गोल सम्भव भएको थियो । काउटिन्होले निकै स्तरिय असिस्ट गरे । जसका कारण म गोल गर्न सफल भए,’ पाउलिन्हाले भने, ‘हाम्रो गोलकै कारण हामी अन्तिम १६ मा पुग्न सफल भयौं । म जर्मनीका बारेमा चिन्तित छैन र के भयो त्यो बारेमा प्रतिक्रिया दिन चाहन्न । ‘
७ अंकसहित समूह इको विजेताका रुपमा ब्राजिल नकआउट चरणमा पुगेको थियो । टिटेको टोलीले जुलाई २ मा मेक्सिकोसँग प्रिक्वार्टरफाइनल खेल्ने छ । ब्राजिल रसिया विश्व कपको दाबेदार मध्ये एकका रुपमा हेरिएको टोली हो ।
September 20, 2024
सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]
September 20, 2024
सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली बनेको छ । लिस्नुलाई जित […]
September 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]