default_image

7 years ago

June 28, 2018

मोरङ समूह विजेता , बिग्रेड पनि अन्तिम आठमा

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मोफसलको मोरङ फुटबल क्लब राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको समूह विजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा बिहिबार भएको समूह चरणको अन्तिम खेलमा जावलाखेल युथ क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दै मोरङ समूह ‘बी’ को विजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो ।

मोरङले समूहमा ७ अंक जोड्न सफल भयो । मोरङको जितले ब्रिगेड ब्वाइजले पनि अन्तिम आठमा स्थान बनाउन सफल भयो । बिग्रेड ब्वाइजले बिहिबारै पुलिसमाथि ५–१ को फराकिलो जित निकालेर समूहमा ५ अंक जोड्न सफल भएको थियो । हारसँगै जावलाखेलले समूह चरण पार गर्न सकेन ।

मोरङको जितमा सुरज ठकुरी र आशिष चौधरीले गोल गरे । जावलाखेलका दर्शन गुरुङले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमासुरज ठकुरीको गोलबाट मोरङले खेलको २५ औं मिनेटमा अग्रता बनाएको थियो ।

तर, पहिलो हाफको इन्जुरी समयमा दर्शन गुरुङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको ८८ औं मिनेटमा आशिष चौधरीले गोल गर्दै मोरङलाई महत्वपूर्ण जित दिलाए ।

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.