default_image

6 years ago

June 28, 2018

पुलिसमाथि ब्रिगेड ब्वाइजको फराकिलो जित, क्वार्टरफाइनल नजिक

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लब राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनल नजिक पुगेको छ । एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा बिहिबार भएको खेलमा विभागीय नेपाल पुलिस क्लबमाथि ५–१ को फराकिलो जित निकाल्दै ब्रिगेड ब्वाइज क्वार्टरफाइनल नजिक पुगेको हो । पुलिस भने प्रतियोगिताबाट बाहिरिएको छ ।

म्यान अफ दी म्याच ब्रिगेडका रितिककुमार खड्का (दायाँ) ।

ब्रिगेडको तीन खेलबाट ५ अंक पुगेको छ । यो समूहमा जावलाखेल र मोरङ समान दुई खेलबाट ४ अंक छ । दुवैले एक खेल खेल्न बाँकी छ । मोरङ र जावलाखेलबीचको खेल कुनै एक टिमले जितेमा ब्रिगेड ब्वाइज समूह उपविजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । बराबरी खेलेको अवस्थामा भने गोलअन्तरमा अर्काे टोलीको छिनोफानो हुनेछ । ब्रिगेडका रितिक कुमार खड्काले ह्याट्रिकसहित चार गोल गरे । पुलिसका प्रदिप बानियाले सान्त्वना गोल फर्काए ।

एकपक्षीय बनेको खेलमा ब्रिगेडले खेलको २४ औं मिनेटमा कप्तान जय गुरुङको गोलबाट अग्रता बनाएको थियो । २८ औं मिनेटमा रितिकले गोल गर्दै ब्रिगेडको अग्रता दोब्बर पारे । ३४ औं मिनेटमा पुलिसका प्रदिप खड्काले गोल गर्दै पुलिसलाई खेलमा फर्काउने प्रयास गरे । ४१ औं मिनेटमा रितिकले गोल गरेपछि ब्रिगेडले पहिलो हाफमा ३–१ को आरामदायी अग्रता बनायो ।

दोस्रो हाफमा थप दुई गोल गर्दै ब्रिगेडलाई फराकिलो जित दिलाए । रितिकले ५५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ६२ औं मिनेटमा रितिकले टिमका लागि पाँचौ तथा व्यक्तिगत चौथो गोल गर्न सफल भए । त्यसपछि थप गोल नहुदा ब्रिगेडले फराकिलो जित निकाल्यो । ब्रिगेडका रितिक खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

October 13, 2024

पाकिस्तानी फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

Success

Thank you for your time.