6 years ago
June 28, 2018
मस्को (एजेन्सी)– रुस विश्व कपअघि लियोन मेस्सीले गर वा मरको अवस्थामा नाइजेरियासँग खेलेका थिएनन् । यो विश्व कपमा त्यस्तो अवस्थाको सामना पनि मेस्सीको अर्जेन्टिनाले गर्नुपर्यो । नकआउट चरणमा पुग्नका लागि जित्नै पर्ने खेल अर्जेन्टिजनाले मंगलबार २–१ ले आफ्नो पक्षमा पार्यो । टोलीका लागि पहिलो गोल मेस्सीले नै गरे ।
खेलपछि अर्जेन्टिनाका खेलाडीले मैदानमा खुसीयाली साटे । अर्कोतर्फ नाइजेरियन खेलाडी भने निराश रहे । अन्तिम समयमा पुगेर खेल गुमाउँदाको पीडा सायद नाइजेरियन खेलाडीलाई बढी नै थियो । त्यहि बीचमा नाइजेरियन टोलीका तेस्रो रोजाइका गोलकिपर इकचुक्वो इजेन्वा भने ड्रेसिङ रुपमा फर्कने बाटोमा मेस्सीलाई कुरिरहेका थिए ।
घरेलु क्लब सनसाइ स्टार्सबाट खेल्ने गरेका गोलकिपरले मेस्सी ड्रेसिङ रुपम फर्कने क्रममा तुरुत्नै उनको जर्सी मागी हाले । मेस्सीले जर्सी खोलेर उनलाई दिए । विश्व कपबाट टोली बाहिरिएको पीडा भुल्नका लागि उनका लागि मेस्सीको उपहारले थोरै राहतको काम गर्न सक्छ ।
September 20, 2024
सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]
September 20, 2024
सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली बनेको छ । लिस्नुलाई जित […]
September 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]