7 years ago
June 28, 2018
मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका ४४ खेलहरु सकिएका छन् । समूह चरणको दोस्रो खेलहरु सकिदा १४ टोलीले अन्तिम १६ मा स्थानमा बनाएका छन् । १५ टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
रसिया, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जे्न्टिना, ब्राजिल, स्वीट्जरल्यान्ड, स्वीडेन, मेक्सिको, इंग्ल्यान्ड र बेल्जियमले अन्तिम १६ मा स्थान बनाए । इजिप्ट, साउदी अरेबिया, मोरक्को, इरान, पेरु, अष्ट्रेलिया, नाइजेरिया, आइसल्यान्ड, सर्विया, कोस्टारिका, दक्षिण कोरिया, जर्मनी, ट्युनिसिया, पानामा र पोल्यान्ड समूह चरणबाटै बाहिरिएका छन् ।
जित्नैपर्ने खेलमा दक्षिण कोरियासँग पराजित भएपछि साविकको विजेता जर्मनी ८० वर्षपछि विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आज समूह चरणका अन्तिम खेलहरु हुनेछ । समूह ‘जी’ र ‘एच’ का चार खेलहरु हुनेछन् ।
समूह ‘एच’ का जापानले पोल्यान्डसँग र सेनेगलले कोलम्वियासँग ७ः४५ बजे खेल्नेछ । समूह ‘जी’ मा आज उपाधिको दावेदार ब्राजिल इंग्ल्यान्ड र बेल्जियम तथा पानामा र स्वीट्जरल्यान्डबीच खेल हुनेछ ।
अहिले सम्म तथ्याङ्कमा रसिया विश्व कप
समूह चरण (पहिलो राउण्ड)
खेल संख्या : ४०
१.रसियाविरुद्ध साउदी अरेबिया (५–०)
२.इजिप्टविरुद्ध उरुग्वे (०–१)
३.मोरक्कोविरुद्ध इरान (०–१)
४.पोर्चुगलविरुद्ध स्पेन (३–३)
५.फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
६.अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
७. पेरुविरुद्ध डेनमार्क (०–१)
८.क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
९.कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
१०. जर्मनीविरुद्ध मेक्सिको (०–१)
११. ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
१२. स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
१३. बेल्जियमविरुद्ध पानामा (३–०)
१४. ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)
१५.कोलम्वियाविरुद्ध जापान (१–२)
१६. पोल्याण्डविरुद्ध सेनेगल (१–२)
समूह चरण (दोस्रो राउण्ड)
१७. रसियाविरुद्ध इजिप्ट (३–१)
१८.पोर्चुगलविरुद्ध मोरक्को (१–०)
१९.उरुग्वेविरुद्ध साउदी अरेबिया (१–०)
२०.स्पेनविरुद्ध इरान (१–०)
२१. डेनमार्क्विरुद्ध अष्ट्रेलिया (१–१)
२२.फ्रान्सविरुद्ध पेरु (१–०)
२३. अर्जे्न्टिनाविरुद्ध क्रोएसिया (०–३)
२४. ब्राजिलविरुद्ध कोस्टारिका (२–०)
२५. नाइजेरियाविरुद्ध आइसल्यान्ड (२–०)
२६. सर्वियाविरुद्ध स्वीट्जसरल्याण्ड (१–२)
२७. बेल्जियमविरुद्ध ट्युनिसिया (५–२)
२८. दक्षिण कोरियाविरुद्ध मेक्सिको (१–२)
२९. जर्मनीविरुद्ध स्वीडेन (२–१)
३०. इंग्ल्यान्डविरुद्ध पानामा (६–१)
३१. जापानविरुद्ध सेनेगल (२–२)
३२. पोल्यान्डविरुद्ध कोलम्विया (०–३)
समूह चरण (तेस्रो राउन्ड)
३३. उरुग्वेविरुद्ध रसिया (३–०)
३४. साउदी अरेबियाविरुद्ध मोरक्को (२–१)
३५. इरानविरुद्ध पोर्चुगल (१–१)
३६. स्पेनविरुद्ध मोरक्को (२–२)
३७.डेनमार्क्विरुद्ध फ्रान्स (०–०)
३८.अष्ट्रेलियाविरुद्ध पेरु (०–२)
३९. नाइजेरियाविरुद्ध अर्जेन्टिना (२–१)
४०. आइसल्यान्डविरुद्ध क्रोएसिया (१–२)
४१.दक्षिण कोरियाविरुद्ध जर्मनी (२–०)
४२. मेक्सिकोविरुद्ध स्वीडेन (०–३)
४३. सर्वियाविरुद्ध ब्राजिल (०–२)
४४.स्वीट्जरल्यान्डविरुद्ध कोस्टारिका (२–२)
३५ खेलमा जित र हारको नतिजा निस्कदा ९ खेलमा बराबरीमा सकिएको छ ।
गोल सङ्ख्याः ११६ गोल
पहिलो हाफः ४५ गोल
दोस्रो हाफः ७१ गोल
पेनाल्टी गोलः १८ गोल (रोनाल्डो–पोर्चुगल), (जेडिनाक– २ गोल–अष्ट्रेलिया), (ग्रिजम्यान–फ्रान्स), (लुका मोड्रिक–क्रोएसिया), (एन्ड्रियस ग्राङभिष्ट २ –स्वीडेन), (सिन्जी कागवा–जापान), (मोहम्मद सलाह–इजिप्ट), (सासी–ट्युनिसिया), (इडेन हजार्ड–बेल्जियम), (कार्लाेस भेला–मेक्सिको), (ह्यारी केन २ गोल–इंग्ल्यान्ड), (सलमान अर फराज– साउदी अरेविया) र (करिम अन्सारीफार्ड–इरान), (भिक्टर मोसेस–नाइजेरिया) र (गिल्फी सिगुर्डसन–आइसल्याण्ड)
पेनाल्टी मिसः ५ गोल (मेस्सी–अर्जे्न्टिना) (क्रिष्टियन कुयुभा–पेरु) (गिल्फी सिगुर्डसन–आइसल्याण्ड), क्रिष्टियानो रोनाल्डो–पोर्चुगल र फ्रिकिक गोलः ५ गोल (एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल, एलेक्ससान्डर कोलारोभ–सर्विया, टोनी क्रुस–जर्मनी र लुइस स्वारेज–उरुग्वे)
आत्मघाती गोलः ७ गोल (अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को), (ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया), (थियागो सियोनेक–पोल्याण्डविरुद्ध सेनेगल), (अहमेद फाथी–इजिप्टविरुद्ध रसिया), (डेनिस चेरेसेभरूसविरुद्ध उरुग्वे), यान सोम्मेर कोस्टारिकाविरुद्ध स्वीट्जरल्यान्ड र इड्सन अल्भारेज–मेक्सिकोविरुद्ध स्वीडेन
पहेलो कार्डः १४८
रातो कार्डः ३ (कार्लाेस साञ्चेज–कोलम्वियाविरुद्ध जापान) (जेरेमी बोटिङ–जर्मनीविरुद्ध स्वीडेन, दोहोरो पहेलो) र इगर स्मोलिनीकोभ रूसविरुद्ध उरुग्वे, दोहोरो पहेलो)
ह्याट्रिकः २ – (रोनाल्डो–पोर्चुगलविरुद्ध स्पेन) र ह्यारी केन–इंग्ल्यान्डविरुद्ध पानामा)
सव्सिच्युट खेलाडीको गोलः ६ गोल – (डेनिस चेरेसेभ (२), अर्टिम ज्युुभा (रसिया), मिचेयी बात्सुयायी–बेल्जियम, फिलिपे बालोए–पानामा, केइसुके होन्डा–जापान, इगो आसपास–स्पेन)
सर्वाधिक गोलकर्ता
५ गोल –(ह्यारी केन–इंग्ल्यान्ड)
४ गोल –क्रिष्टियानो रोनाल्डो–पोर्चुगल), (रोमेलु लुकाकु–बेल्जियम)
३ गोल– डेनिस चेरेसेभ–रसिया, डिएगो कोष्टा–स्पेन)
२ गोल– अर्टिम ज्युुभा–रसिया, जेडिनाक–अष्ट्रेलिया, लुका मोड्रिक–क्रोएसिया, फिलिपे कौटिन्हो–ब्राजिल, अहमेद मुसा–नाइजेरिया, इडेन हजार्ड–बेल्जियम, जोन स्टोन–इंग्ल्यान्ड, लुइस स्वारेज–उरुग्वे, मोहम्मद सलाह–इजिप्ट, ह्युङ मिन सन–दक्षिण कोरिया र आन्द्रेस ग्राङभिष्ट–स्वीडेन
विभिन्न देशका ६७ खेलाडीले एक गोल गर्न सफल भएका छन् ।
January 17, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]
January 17, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]