7 years ago
June 28, 2018
मस्को (एजेन्सी)– विश्व कपमा आज हुने ४ खेलसँगै समूह चरणका सबै खेल समाप्त हुनेछन् । नकआउट चरण पुग्ने १४ टोलीको टुंगो यसअघि नै लागिसकेको छ भने आजको खेलबाट अन्तिम २ टोलीको टुंगो लाग्नेछ । समूह ‘एच’बाट अघि बढ्ने दुई टोलीको छिनोटफानो आज हुने २ खेलबाट हुनेछ ।
समूहको शीर्ष स्थानमा रहेको जापान र सेनगलको समान ४ अंक छ । कोलम्बियाको ३ अंक छ भने प्रतियोगिताबाट बाहिरिसकेको पोल्यान्डले अंक जोड्न सकेको छैन । समूह चरणको अन्तिम खेलमा जापानले पोल्यान्डको र सेनेगलले कोलम्बियाको सामना गर्नेछ । यी खेल साँझ ७ः४५ बजे सुरु हुनेछन् ।
आजै समूह ‘जी’का पनि अन्तिम २ खेल हुनेछन् । जसमध्ये नकआउट चरणमा पुगिसकेका इङ्ल्यान्ड र बेल्जियमबीचको खेलले समूह विजेताको टुंगो लाग्नेछ । पानामा र ट्युनिसियाको खेल भने प्रतिष्ठानका लागि मात्र हुनेछ । दुवै टोली प्रतियोतिगाबाट बाहिरिसकेका छन् ।
इङ्ल्यान्ड र बेल्जियम भने यसअघि लगातार दुई खेल जित्नै नकआउट चरणमा पुगिसकेका छन् । समूह जीका दुई खेल राती ११ः४५ मा हुनेछन् । बराबरीले इङ्ल्यान्ड समूह विजेता र बेल्जियम उपविजेता बन्नेछ ।
एसियाली मुलुकबाट नकआउट चरण पुग्ने सम्भावना अब जापानको मात्र बाँकी रहेको छ । प्रतियोगिताबाट बाहिरिएपनि समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियालले साविक विजेता जर्मनीलाई २–० ले स्तब्ध पार्दै एसियाली टोली पनि कमजोर नरहेको प्रमाणित गरेको छ । जसले जापानलाई पनि पक्कै हौसला मिल्नेछ ।
जापानले पोल्यान्डलाई हराउन सके टोली नकआउट चरण पुग्नेछ । बराबरी वा हारले पनि टोली अघि बढ्ने सम्भावना रहन सक्छ । त्यसका लागि अर्को खेलको नतिजामा भर पर्नुपर्नेछ । सेनेगलले कोलम्बियालाई वा कोलम्बियाले सेनेगललाई हराएको खण्डमा जापान पोल्यान्डसँग पराजित भएपनि अघि बढ्न सक्नेछ ।
विश्व कपमा आज हुने खेल
समूह ‘एच’
जापानविरुद्ध पोल्यान्ड- साँझ ७ः४५ बजे
सेनेगलविरुद्ध कोलम्बिया- साँझ ७ः४५ बजे
समूह ‘जी’
इङ्ल्यान्डविरुद्ध बेल्जियम राती -११ः४५ बजे
पानामाविरुद्ध ट्युनेसिया राती -११ः४५ बजे
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]