7 years ago
June 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)– मोफसलको झापा–११ फुटबल क्लब राजधानीमा जारी तेस्रो ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको समूह ‘सी’ को खेलमा सिएमजी क्लब संकटालाई ३–२ ले पराजित गर्दै झापा प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको हो ।
झापाका लागि डोजोनाग लिङ्देन, श्याम मुम्मु र रोमन भुजेलले गोल गरे । संकटाका लागि धिरज गुरुङ र उज्वल बस्नेतले गोल गरे । प्रतिस्पर्धात्मक खेलमा ४४ औं मिनेटमा डोजोनाग लिङ्देनको गोलबाट झापाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।
५५ औं मिनेटमा संकटाका धिरज गुरुङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसको ४ मिनेटपछि नै याम मुम्मुको गोलबाट झापाले २–१ को अग्रता बनायो । ६४ औं मिनेटमा संकटाका उज्वल बस्नेतले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको ७५ औं मिनेटमा रोमन भुजेलले गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए ।
बुधबारै भएको अर्को खेलमा च्यासल युथ क्लबले नेपाल एपिएफ क्लबमाथि २–१ को जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता ग¥यो । २६ औं मिनेटमा सन्नी व्यन्जनकारको गोलबाट च्यासलले अग्रता बनाएको थियो । ३१ औं मिनेटमा श्रेव लो तामाङले गोल गरेपछि च्यासलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा सुधारिएको खेल पस्किएको एपिएफले इन्जुरी समयमा एक गोल गरेपनि त्यो जितको लागि पर्याप्त भएन । इन्जुरी समयमा एपिएफका विशवास थापामगरले एक गोल गरे । च्यासल आफ्नो पहिलो खेलमा झापा–११ सँग पराजित भएको थियो । एपिएफको यो लगातार दोस्रो हार हो ।
जितपछि झापा दुई खेलबाट ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेर क्वार्टरफाइनलमा पुगन सफल भएको छ । संकटा र च्यासलको समान ३ अंक छ । एपिएफ अंकविहीन हुदै पुछारमा छ । प्रतियोगिता अन्र्तगत बिहिबार समूह ‘बी’ का दुई खेल हुदैछ । पहिलो खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइजले दिउसो १ः३० बजे प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा दिउसो ४ बजे जाउला खेल र मोरङबीच खेल हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]