7 years ago
June 27, 2018
स्पार्कटाक (एजेन्सी)– कोष्टारिका समूह ‘ईं’ बाट बाहिरी सकेको छ । यस्तो अवस्थामा तीन टोलीमध्ये दुई टोली नकआउट चरणको संघारमा छन् । उपाधिको दाबेदार ब्राजिलले बुधबार राति सर्बियाको सामना गर्दैछ । खेल बुधबार राति ११ः४५ बजे स्पार्कटाक एरिनामा हुनेछ । ब्राजिल सर्बियालाई पराजित गर्दै समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गर्ने योजनामा हुनेछ ।
तर, ब्राजिलले सुरुवाती दुई खेलमा अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । पहिलो खेलमा स्वीट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको ब्राजिलले कोस्टारकाविरुद्धको दोस्रो खेलमा इन्जुरी समयमा दुई गोल गर्दै महत्वपूर्ण जित निकालेको थियो । समूह चरणमा चार अंक जोडेको ब्राजिललाई समूह विजेता बन्न निश्चित जित आवश्यक छ ।
सर्बियाले ब्राजिललाई पराजित ग¥यो र अर्को खेलमा स्वीट्जरल्यान्डले कोस्टारिकालाई पराजित गरे ब्राजिल विश्वकपको समुह चरणबाटै बाहिरने सम्भावना पनि छ । त्यसैले ब्राजिल सर्बियाविरुद्ध सचेत भएर खेल्नेछ । बराबरीले भने ब्राजिल अघि बढ्नेछ । सर्बियालाई ब्राजिलविरुद्धको खेलमा निश्चित जित आवश्यक छ ।
समूहमा कोस्टारिकालाई पराजित गरेर ३ अंक जोडेको सर्बिया ब्राजिललाई पराजित गरेर ६ अंक जोड्दै अघिल्लो चरणमा प्रवेश गर्ने योजनामा हुनेछ । स्वीट्जरल्यान्डविरुद्धको खेलमा अग्रता लिएर पनि सर्बिया २–१ ले पराजित भएको थियो ।
सर्बिया ब्राजिलविरुद्धको खेलमा अघिल्ला गल्तीलाई सच्याएर खेल्नेछ । पराजित भएको खण्डमा सर्बिया विश्वकपबाट बाहिरिनेछ । ब्राजिल र सर्बियाले अहिलेसम्म एकपटक खेलेका छन् । २०१४ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिल १–० ले विजयी भएको थियो ।
यता, स्वीट्जरल्यान्ड कोस्टारिकालाई पराजित गर्दै नकआउट चरणमा पुग्ने योजनामा हुनेछ । समूह चरणका दुवै खेलमा पछि परेर पनि स्वीट्जरल्यान्डले गोल गर्न सफल भएको थियो । यही प्रदर्शनले नै टिमको मनोबल उच्च बनाएको छ । सर्बियाले ब्राजिललाई पराजित गरेको खण्डमा कोस्टारिकासँग बराबरी खेलेपनि स्वीट्जरल्यान्ड अघिल्लो चरणमा प्रवेश गर्नेछ ।
यस्तै ब्राजिलले सर्बियालाई पराजित गरे स्वीट्जरल्यान्डले बराबरी खेलेपनि अघिल्लो चरण प्रवेश गर्नेछ । ब्राजिल पनि हार्ने आफु पनि पराजित भएको खण्ढमा स्वीट्जरल्यान्ड बाहिरने छ । त्यसैले अर्को चरण प्रवेशमा ढुक्क नरहेको स्वीट्जरल्यान्ड सकेसम्म अकं नगुमाउने रणनीतिमा खेल्नेछ । यि दुई टिमले दुई पटक प्रतिस्पर्धा गर्दै दुवै टिमले १–१ खेल जितेका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]