default_image

7 years ago

June 27, 2018

मेस्सीको गोलमा अर्जेन्टिनाको अग्रता, क्रोएसिया र आयसल्यान्ड बराबरीमा

75 views

0 Bookmark

मस्को (एजेन्सी)– लियोन मेस्सीको गोलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध विश्व कप समूह चरणको अन्तिम खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ । मेस्सीले १४ औं मिनेटमा गोल गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

प्रि क्वार्टरफाइनलमा पुग्नका लागि अर्जेन्टिनालाई यो खेल जित्नै पर्ने हुन्छ । बराबरीले वा अर्को खेलमा आइसल्यान्डले क्रोएसियालाई हराएको खण्डमा अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ । एक समयमा आइसल्यान्ड र क्रोएसियाबीचको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो ।

लगातार दुई खेल जित्दै क्रोएसिया समूह डीबाट यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ भने बाँकी एक स्थानका लागि नाइजेरिया, अर्जेन्टिना र आइसल्यान्डबीच प्रतिस्पर्धा छ ।

पहिलो खेलमा १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० ले स्तब्ध भएको थियो । पहिलो खेलमा पेनाल्टीमा गोल गर्न चुकेपछि मेस्सीको चर्को आलोचना भएको थियो । प्रिक्वार्टरफाइनलमा यो समूहको विजेताले समूह सीको उपविजेता डेनमार्क र उपविजेताले फ्रान्सको सामना गर्नेछ ।

February 23, 2025

एपिएफ केपी ओली कपको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई हराउँदै एपिएफ एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा आइतवार भएको पहिलो खेलको ट्राइब्रेकरमा ब्ल्याक बुल्सलाई ४–३ ले हराउँदै एपिएफले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेलमा पराजित भएको ब्ल्याक बुल्सले यसै महिनाको सुरुमा पोखरामा भएको २४औं आहा रारा पोखरा गोल्डकपको […]

February 23, 2025

लेबनानको सात्वना जित

काठमाडौं (हाम्रो खेलकुद)- लेबनानले सान्त्वना जितका साथ फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अन्त्य गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा लेबनानले कीर्गिस्तानलाई २-० ले हराएको छ। लेबनानमा लागि क्रिस्टी मालुफले १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन्। कीर्गिस्तानले खेलेका सबै ३ खेलमा हार बेहोर्यो । पहिलो खेलमा […]

February 23, 2025

एनएसएल र बि डिभिजनको जुधाईमा खेलाडीको मिचाई

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]

Success

Thank you for your time.